मकवानपुरको टोलटोलमै खोप अभियान

हेटौडा । मकवानपुरको केही स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुस्त पाइएपछि बागमती प्रदेश सरकारले टोलमै पुगेर खोप लगाउने अभियान शुरु गरेको छ ।
मकवानपुरको चेपाङ बाहूल्य क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकासहित केही वडामा खोप अभियान लक्ष्यभन्दा कम पाईएपछि टोलमै पुगेर खोप लगाउने अभियान शुरु भएको हो ।
खोपप्रतिको गलत प्रचार, अन्धविश्वास र खोप केन्द्र टाढा हुँदा ती क्षेत्रमा खोप लगाउने स्थानीयको संख्या कम छ । यसका कारण सर्वसाधारण भएकै स्थानमा पुगेर खोप अभियान सञ्चालन गरिएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए ।
गाउँमै खोप अभियान पुगेपछि यसअघि खोप नलगाई बसेका चेपाङ समुदायका स्थानीयमा उत्साह देखिएको छ । भौगोलिक विकटताका कारण समेत खोप अभियानमा सहभागी नभएका सर्वसाधारण घरदैलोमै खोप लिएर टोली पुगेपछि सो अवसरलाई सदुपयोग गरिरहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पनि सबै इकाईका स्वास्थ्य प्राविधिक र स्वयंसेविका परिचालन गरि टोल टोलमै कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
विगतमा खोप लगाउन बेवास्ता गरेका स्थानीय चेपाङ र तामाङ समूदायको गाउँमै खोप लगाउने अभियान शुरु भएपछि भने सहभागिता बढेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाई बताउँछन् ।
बागमती प्रदेश सरकारले कोरोनाविरुद्धको खोप लगाउने दर कम भएको स्थानीय तहलाई लक्षित गरेर चोक, चौतारा, पाटीपौवा, मठमन्दिर, गुम्बा, चर्च, टोल विकास संस्थाजस्ता स्थानीयको बढि उपस्थित हुने स्थानमै खोप अभियान संचालन गरिरहेको जनाएको छ ।
















वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया