स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि अस्पतालको सेवा धमाधम बन्द हुँदै

काठमाडौं । स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित हुन थालेपछि देशका अधिकांश अस्पतालका सेवाहरु बन्द हुन थालेका छन् ।
काठमाडौंको टेकु अस्पतालमा ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । टेकु अस्पतालले सोमवारदेखि सेवा बन्द गर्ने सूचना निकालिसकेको छ छ ।
जिल्लास्थित अस्पतालहरु पनि स्वास्थ्यकर्मीहरु नै संक्रमित भएको भन्दै धमाधम बन्द हुन थालेका छन् ।
हुम्ला जिल्ला अस्पताल पनि अर्को सूचना नभएसम्मका लागि भन्दै बन्द गरिएको छ ।
हुम्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको हो ।
जिल्ला अस्पताल हुम्लाले गएको शुक्रबार एकैपटक गरिएको परिक्षणमा अस्पताल हुम्लाका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो ।
स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।
जिल्ला स्वास्थ सुरक्षा समितीको बैठकको निर्णयअनुसार जिल्ला अस्पताल हुम्लामा आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया