स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि अस्पतालको सेवा धमाधम बन्द हुँदै

काठमाडौं । स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमित हुन थालेपछि देशका अधिकांश अस्पतालका सेवाहरु बन्द हुन थालेका छन् ।
काठमाडौंको टेकु अस्पतालमा ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । टेकु अस्पतालले सोमवारदेखि सेवा बन्द गर्ने सूचना निकालिसकेको छ छ ।
जिल्लास्थित अस्पतालहरु पनि स्वास्थ्यकर्मीहरु नै संक्रमित भएको भन्दै धमाधम बन्द हुन थालेका छन् ।
हुम्ला जिल्ला अस्पताल पनि अर्को सूचना नभएसम्मका लागि भन्दै बन्द गरिएको छ ।
हुम्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको हो ।
जिल्ला अस्पताल हुम्लाले गएको शुक्रबार एकैपटक गरिएको परिक्षणमा अस्पताल हुम्लाका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो ।
स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।
जिल्ला स्वास्थ सुरक्षा समितीको बैठकको निर्णयअनुसार जिल्ला अस्पताल हुम्लामा आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया