गृहको अर्को निर्णयः सरकारी निकायका प्रतिनिधिलाई खाडी जान छुट

काठमाडौं । मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामा भ्रमण प्रतिबन्द लगाएको गृहमन्त्रालयले सरकारी निकायका प्रतिनिधिहरुलाई छुट दिने अर्को निर्णय गरेको छ ।
सरकारी प्रतिनिधिलाई प्रस्थान अनुमति दिने लगायका निर्णय गर्दै यसअघिको निर्णयलाई संशोधन गरेको छ ।
गृह मन्त्रालयको संशोधित निर्णयअनुसार नेपालमा सामान आयात निर्यात गर्ने ब्यवसायिक संस्थाका प्रतिनिधिले आयात निर्यात सम्बन्धि कार्यका लागि प्रस्थान अनुमति पाउने भएका छन् ।
यस्तै, वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भई कम्तिमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्ध भएका ब्यक्तिहरुले पनि भिजिट भिसा पाउने भएका छन् ।
यसैगरी वैदेशिक रोजगार ब्यवसायको बजार प्रवद्र्धनका लागि जाने म्यानपावर ब्यवसायीहरुलाई पनि छुट दिने निर्णय गृह मन्त्रालयले गरेको छ ।
यसअघि गृहले सूचना जारी गर्दै सोमवारदेखि लागू हुने गरी मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामा जान सबैलाई रोक लगाएको थियो ।



















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रतिक्रिया