कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, आठ ठाउँमा जग्गा ( सुचीसहित)

काठमाडौं । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरण अनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ(ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल, श्रीमती वसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा १८१ कित्ता नम्बर र ५४८.२५ क्षेत्रफलमा जग्गा, बाँके जिल्लाको खजुरामा २ बिघा (करिब १० लाख बराबरको) र हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, जग्गा रहेको उल्लेख गरिएको छ ।
यो सम्पती सबै पुर्ख्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उनले उल्ल्ेख गरेका छन् । चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्
।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया