कर्णालीका कृषिमन्त्री : चार जनाको ११ लाख ऋणमा

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही चार जनाको ११ लाख ऋणमा छन् । उनले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा त्यस्तो खुलाईएको छ ।
आफुसँग बैंकमा पारिश्रमिक वापतको ३ लाख मौज्जाद रहेको तर ऋण भने चार जनासँगको ११ लाख रहेको मन्त्री शाहीले सार्वजनिक गरेका छन् ।
मन्त्री शाहीले अर्कैको नाममा घरजग्गा रहेको पनि उल्लेख गरेका छन् ।
शाहीसँग मुगुको सोरु गाउँपालिका-१ मा बुबा मानबहादुर शाहीको नाममा एक रोपनी पुर्ख्यौली र भक्तपुर चाँगुनारायणमा २ ठाउँमा १० आना जग्गा उनकी श्रीमती जालगेडी शाही र सुरेशबहादुर शाहीको नाममा रहेको पनि सार्वजनिक गरेका छन् ।
मन्त्री शाहीले उक्त सम्पत्ति पूरै ऋण गरेर खरिद गरेको उल्लेख गरेका छन् । पुर्ख्यौली जग्गा बुबाकै नाममा मुगुको सोरु गाउँपालिका-१ मा २० रोपनी खेत रहेको छ ।
उनको पुर्ख्यौली पाँच तोला सुन श्रीमतीको नाक, कानका गहना, १ तोला चाँदी रहेको पनि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया