एमालेकी फरार सांसद राष्ट्रियसभा चुनावमा आउलिन् भोट हाल्न ?
मतदानमा ल्याउने एमालेको तयारी, पहिल्यै समात्ने प्रहरीको तयारी

मोरङ । नेकपा एमालेका एक जना प्रदेश सांसद प्रहरीको खोजी सूचीमा छिन् । समानुपातिकतर्फबाट प्रदेश १ को सांसद बनेकी गुलेफुन खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेदेखि फरार छिन् । उनलाइ भोलि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले मतदान गर्न ल्याउने तयारी गरेको छ ।
सात वटै प्रदेशमा सत्ता गठबन्धनले एमालेविरुद्ध मोर्चा कसेर उम्मेदवारी दिएपछि एमालेको झिनो आश यही प्रदेश एक मा मात्र छ । अन्य प्रदेशमा एमाले उम्मेदवारले जित्ने सम्भावना न्यून त । प्रदेश १ मा पनि झिनो मतले मात्रे गठबन्धन भन्दा एमाले अगाडी रहेकोले यो प्रदेशको चुनावलाई सवैले आँखा लगाएर हेरिरहेका छन् । यस्तो वेला एमालेकी सांसद खातुन भने प्रहरीको फरार सूचीमा छिन् ।
उनको मत पनि एमालेका लागि निर्णायक रहेकोले उनलाइृ जसरी पनि मतदान गर्न ल्याउने तयारीमा उमालेका प्रदेश १ का नेताहरु जुटेका छन् ।
तर प्रहरीले भने उनलाई पहिल्यै समात्ने योजनाका साथ जिल्ला भर सादा पोशाकमा सुरक्षाकर्मीहरु खटाएको वताईएको छ ।
खातुनलाई मतदानमा सहभागी गराउन प्रदेश १ एमालेले संसदीय दलका नेता भीमप्रसाद आचार्य, पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश इन्चार्ज देवराज घिमिरे र प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेलाई पार्टीले जिम्मेवारी दिएर परिचालन गरेको एमाले नेताहरु बताउँछन् ।
एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश सांसद खातुनलाई मतदान गराउने वतावरण बनाउने प्रयास भइरहेको बताए ।
प्रदेश सांसद खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेको थियो । जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेपछि उनी त्यसवेला देखि नै फरार हुँदै आएकी थिइन् ।
खातुन र उनका पति शेख सिलावर मियाँले आफ्ना बुबा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत किर्ते गरेर आफनो नाममा पारेका थिए ।
गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुबा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकाले तत्कालीन कदमहा गाविस वडा नं। २ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्नो बुबाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्ता गराएका थिए ।
शेख धाई मियाँका शेख सिलावर र दिलावर मियाँ गरी दुई छोरा रहेको तर शेख सिलावरले आफू एकमात्र छोरा रहेकाले एकलौटी मोहियानी हक हस्तान्तरणका लागि किर्ते गरी २०७१ चैत ४ गतेको चलानी नम्बर ४८७ को गाविसको सिफारिसपत्र भूमि सुधार कार्यालय मोरङमा बुझाएको थियो ।
गुलेफुन र उनका पति शेख सिलावरले गाविसका तत्कालीन खरिदार विजय कामत र कार्यालय सहयोगी दिपचन्द मण्डललाई १ हजार रुपैयाँ घुस दिई सरकारी छाप दस्तखत किर्ते गरेका थिए ।
जिल्ला प्रहरी मोरङले गुलेफुन र उनका पति शेख सिलावरलाई ०७३ असार ४ गते पक्राउ गरी जिल्ला अदालत मोरङमा ०७३ असार २८ गते सरकारी कागज, छाप, दस्तखत किर्ते मुद्दा दर्ता गराएको थियो । उनीहरू ०७३ असार २९ गते १०-१० हजार धरौटीमा रिहा भएका थिए ।
उक्त मुद्दामा नै खरिदार कामत र कार्यालय सहयोगी मण्डल ०७३ असार ३१ गते अदालतमा हाजिर भई १५-१५ हजार धरौटीमा त्यही दिन रिहा भएका थिए ।
जिल्ला अदालत मोरङका न्यायधीश अम्बिकाप्रसाद निरौलाको इजलासले उक्त मुद्दामा चारै जनालाई दोषी ठहर गरी ०७४ वैशाख ३१ गते फैसला गरेको थियो । गुलेफुन र उनका पति शेख सिलावरलाई १-१ वर्ष कैद र ५०-५० रुपैयाँ जरिवाना तोकेको थियो । खरिदार कामत र कार्यालय सहयोगी मण्डललाई अदालतले ३र३ वर्ष कैद तोकेको थियो ।
तर यही फैसलालाई उच्च अदालतले पनि सदर गरेपछि सांसद खातुन फरार भएकी हुन् ।
यस अगाडी फरार भउपनि उनी संसदको वैठकमा एकपटक पुगेकी थिइन् । संसद बैठकमा १५ मिनेट बसेर उनी निस्केकी थिइन् । त्यसवेला प्रहरीले उनी प्रदेश सभा वैठकमा आएको सुइको समेत पाएको थिइन । जसकाकारण अहिले प्रहरीलाई उनी मतदानमा आए समात्न सक्ने नसक्ने चुनौति थपिएको छ । प्रहरीले जसरी पनि यो पटक उम्कन नदिने रणनीतिका साथ सुरक्षा ब्यवस्था कडा बनाएको बताएको छ । तर एमालेले भने उनर्लाृ जसरी पनि मतदानमा सहभागी गराएर कसरी सुरक्षित बनाउने भन्ने रणनीतिमा जुटेको छ ।











यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
पुस १३ गते आइतबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
प्रतिक्रिया