एमालेकी फरार सांसद राष्ट्रियसभा चुनावमा आउलिन् भोट हाल्न ?
मतदानमा ल्याउने एमालेको तयारी, पहिल्यै समात्ने प्रहरीको तयारी

मोरङ । नेकपा एमालेका एक जना प्रदेश सांसद प्रहरीको खोजी सूचीमा छिन् । समानुपातिकतर्फबाट प्रदेश १ को सांसद बनेकी गुलेफुन खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेदेखि फरार छिन् । उनलाइ भोलि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेले मतदान गर्न ल्याउने तयारी गरेको छ ।
सात वटै प्रदेशमा सत्ता गठबन्धनले एमालेविरुद्ध मोर्चा कसेर उम्मेदवारी दिएपछि एमालेको झिनो आश यही प्रदेश एक मा मात्र छ । अन्य प्रदेशमा एमाले उम्मेदवारले जित्ने सम्भावना न्यून त । प्रदेश १ मा पनि झिनो मतले मात्रे गठबन्धन भन्दा एमाले अगाडी रहेकोले यो प्रदेशको चुनावलाई सवैले आँखा लगाएर हेरिरहेका छन् । यस्तो वेला एमालेकी सांसद खातुन भने प्रहरीको फरार सूचीमा छिन् ।
उनको मत पनि एमालेका लागि निर्णायक रहेकोले उनलाइृ जसरी पनि मतदान गर्न ल्याउने तयारीमा उमालेका प्रदेश १ का नेताहरु जुटेका छन् ।
तर प्रहरीले भने उनलाई पहिल्यै समात्ने योजनाका साथ जिल्ला भर सादा पोशाकमा सुरक्षाकर्मीहरु खटाएको वताईएको छ ।
खातुनलाई मतदानमा सहभागी गराउन प्रदेश १ एमालेले संसदीय दलका नेता भीमप्रसाद आचार्य, पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश इन्चार्ज देवराज घिमिरे र प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेलाई पार्टीले जिम्मेवारी दिएर परिचालन गरेको एमाले नेताहरु बताउँछन् ।
एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेश सांसद खातुनलाई मतदान गराउने वतावरण बनाउने प्रयास भइरहेको बताए ।
प्रदेश सांसद खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेको थियो । जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेपछि उनी त्यसवेला देखि नै फरार हुँदै आएकी थिइन् ।
खातुन र उनका पति शेख सिलावर मियाँले आफ्ना बुबा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत किर्ते गरेर आफनो नाममा पारेका थिए ।
गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुबा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकाले तत्कालीन कदमहा गाविस वडा नं। २ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्नो बुबाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्ता गराएका थिए ।
शेख धाई मियाँका शेख सिलावर र दिलावर मियाँ गरी दुई छोरा रहेको तर शेख सिलावरले आफू एकमात्र छोरा रहेकाले एकलौटी मोहियानी हक हस्तान्तरणका लागि किर्ते गरी २०७१ चैत ४ गतेको चलानी नम्बर ४८७ को गाविसको सिफारिसपत्र भूमि सुधार कार्यालय मोरङमा बुझाएको थियो ।
गुलेफुन र उनका पति शेख सिलावरले गाविसका तत्कालीन खरिदार विजय कामत र कार्यालय सहयोगी दिपचन्द मण्डललाई १ हजार रुपैयाँ घुस दिई सरकारी छाप दस्तखत किर्ते गरेका थिए ।
जिल्ला प्रहरी मोरङले गुलेफुन र उनका पति शेख सिलावरलाई ०७३ असार ४ गते पक्राउ गरी जिल्ला अदालत मोरङमा ०७३ असार २८ गते सरकारी कागज, छाप, दस्तखत किर्ते मुद्दा दर्ता गराएको थियो । उनीहरू ०७३ असार २९ गते १०-१० हजार धरौटीमा रिहा भएका थिए ।
उक्त मुद्दामा नै खरिदार कामत र कार्यालय सहयोगी मण्डल ०७३ असार ३१ गते अदालतमा हाजिर भई १५-१५ हजार धरौटीमा त्यही दिन रिहा भएका थिए ।
जिल्ला अदालत मोरङका न्यायधीश अम्बिकाप्रसाद निरौलाको इजलासले उक्त मुद्दामा चारै जनालाई दोषी ठहर गरी ०७४ वैशाख ३१ गते फैसला गरेको थियो । गुलेफुन र उनका पति शेख सिलावरलाई १-१ वर्ष कैद र ५०-५० रुपैयाँ जरिवाना तोकेको थियो । खरिदार कामत र कार्यालय सहयोगी मण्डललाई अदालतले ३र३ वर्ष कैद तोकेको थियो ।
तर यही फैसलालाई उच्च अदालतले पनि सदर गरेपछि सांसद खातुन फरार भएकी हुन् ।
यस अगाडी फरार भउपनि उनी संसदको वैठकमा एकपटक पुगेकी थिइन् । संसद बैठकमा १५ मिनेट बसेर उनी निस्केकी थिइन् । त्यसवेला प्रहरीले उनी प्रदेश सभा वैठकमा आएको सुइको समेत पाएको थिइन । जसकाकारण अहिले प्रहरीलाई उनी मतदानमा आए समात्न सक्ने नसक्ने चुनौति थपिएको छ । प्रहरीले जसरी पनि यो पटक उम्कन नदिने रणनीतिका साथ सुरक्षा ब्यवस्था कडा बनाएको बताएको छ । तर एमालेले भने उनर्लाृ जसरी पनि मतदानमा सहभागी गराएर कसरी सुरक्षित बनाउने भन्ने रणनीतिमा जुटेको छ ।
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया