लोकसेवा आयोगले इन्जिनियरका लागि छैटौ तहमा बिज्ञापन निकालेर अपमान गर्यो : कोइराला

काठमाडैं । नेपाल भ्यालुयर्स एशोसियसनका अध्यक्ष एवं नेपाल इन्जिनियरर्स एशोसियसनको ३३ औं कार्यकारिणी समितिमा उपाध्यक्षका उम्मेदवार ई.ऋषि कोइरालाले लोकसेवा आयोगले इन्जिनियरका लागि छैटौ तहमा बिज्ञापन निकाल्नु ईन्जिनियरहरु प्रतिको अपमान भएको भन्दै तत्काल ७ औं तह कायम गरि पेशागत सम्मान कायम गर्न माग गरेका छन् ।
‘विभिन्न मितिमा इन्जिनियर पदको लागि खोलिएका बिज्ञापन र यहि २०७८ माघ १० गते लोकसेवा आयोगले खोलेको इन्जिनियर पदको बिज्ञापनमा छैटौ तहका लागि आवेदन माग गरेको कुरा प्रति हाम्रो घोर आपत्ति छ’ उनले सामाजिक सञ्जालमा लोक सेवा आयोग र सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै चेतावनी सहित लेखेका छन्, ‘७ औं तहमा इन्जिनियरहरुका लागि आवेदन माग गरिनुपर्नेमा लोकसेवा आयोगले हाम्रो पेशालाई अबमुल्यन गरि पेशागत मर्यादा र सम्मानमा आँच आउने गरि छैटौ तहमा इन्जिनियरलाई सिमित गरिनु घोर निन्दनीय छ ।’
तत्काल इन्जिनियरहरुको पेशागत मर्यादा र सम्मानलाई ध्यान पुर्याउदै इन्जिनियरहरुको बिज्ञापन ७ औं तह कायम गर्न उनले माग गरेका छन ।
















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया