लोकसेवा आयोगले इन्जिनियरका लागि छैटौ तहमा बिज्ञापन निकालेर अपमान गर्यो : कोइराला

काठमाडैं । नेपाल भ्यालुयर्स एशोसियसनका अध्यक्ष एवं नेपाल इन्जिनियरर्स एशोसियसनको ३३ औं कार्यकारिणी समितिमा उपाध्यक्षका उम्मेदवार ई.ऋषि कोइरालाले लोकसेवा आयोगले इन्जिनियरका लागि छैटौ तहमा बिज्ञापन निकाल्नु ईन्जिनियरहरु प्रतिको अपमान भएको भन्दै तत्काल ७ औं तह कायम गरि पेशागत सम्मान कायम गर्न माग गरेका छन् ।
‘विभिन्न मितिमा इन्जिनियर पदको लागि खोलिएका बिज्ञापन र यहि २०७८ माघ १० गते लोकसेवा आयोगले खोलेको इन्जिनियर पदको बिज्ञापनमा छैटौ तहका लागि आवेदन माग गरेको कुरा प्रति हाम्रो घोर आपत्ति छ’ उनले सामाजिक सञ्जालमा लोक सेवा आयोग र सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै चेतावनी सहित लेखेका छन्, ‘७ औं तहमा इन्जिनियरहरुका लागि आवेदन माग गरिनुपर्नेमा लोकसेवा आयोगले हाम्रो पेशालाई अबमुल्यन गरि पेशागत मर्यादा र सम्मानमा आँच आउने गरि छैटौ तहमा इन्जिनियरलाई सिमित गरिनु घोर निन्दनीय छ ।’
तत्काल इन्जिनियरहरुको पेशागत मर्यादा र सम्मानलाई ध्यान पुर्याउदै इन्जिनियरहरुको बिज्ञापन ७ औं तह कायम गर्न उनले माग गरेका छन ।











सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया