हात्तीको गोबरसहित विवेकशील साझाको विरोध प्रदर्शन

चितवन । सरकारी लापरबाहीका कारण दुर्लभ एकसिंगे गैंडाको मृत्यु भएको भन्दै विवेकशील साझाले मंगलबार भरतपुर महानगरपालिकाको मूख्य गेटमा हात्तीको गोबरसहित विरोध प्रदर्शन गरेको छ ।
विवेकशीलका नेता कार्यकर्ताले महानगरको गेटमा हात्तीको गोबर र ब्यानरसहित गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
वन्यजन्तुको संरक्षणको माग गर्दै शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।
‘शान्तिपूर्ण प्रदर्शनमा आएर प्रहरीले हात हाल्ने र धकेल्ने काम ग¥यो । हामीले त्यसको प्रतिवाद ग¥यौँ र क्षेत्राधिकार बाहिर नजान आग्रह पनि ग¥यौँ’, उनले भने ।
प्रहरीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर आफूहरूको शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको उनको भनाइ छ । शान्तिपूर्ण आन्दोलनमा आएर हात हाल्ने र धकेल्ने काम प्रहरीले गर्न नपाउने उनी बताउँछन् ।
विवेकशीलले ‘फ्रिडम फर अल, जस्टिस फर एनिमल्स’ र ‘विकास कार्यमा वन्यजन्तुको संरक्षण’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेको हो ।
प्रहरीको हस्तक्षेपका बीच विवेकशीलले महानगरकी उपमेयर पार्वती शाह ठकुरीलाई ज्ञापनपत्र बुझाएको छ । लापरबाहीका कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुनु दुखद् भएको बताउँदै ठकुरीले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
चितवन राष्ट्रिय निकुञ्जले पनि सडक निर्माणकर्ताको लापरबाहीकै कारण गैंडा मरेको बताएको छ । गैंडा मरेको स्थान निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएको र त्यहाँ भौतिक संरचना निर्माण गर्दा निकुञ्जको स्वीकृति र अनुमति केही नलिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताएका छन् ।
गैंडा मर्नुमा सडक डिभिजन र ठेकेदार दुवैको लापरबाही रहेको निकुञ्जले औँल्याएको छ ।

















दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
योगासँगै सुरु भयो रास्वपाको दोस्रो दिनको अभिमुखीकरण,रवि लामिछानेले सम्बोधन गरेर समापन गर्ने
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
गोरखा माइक्रोबस दुर्घटना अपडेटः मृतक सात भारतीयको पहिचान खुल्याे
प्रतिक्रिया