एमालेको आन्तरिक एकतालाई सुदृढ पार्न बोहोराको सुझाव

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले केन्द्रीय सल्लाहकार परिषदको नीतिगत रुपमा गठन भइसकेकाले अन्यौलमा नहुन आग्रह गरेका छन् ।
परिषद् सदस्यहरुको सपथग्रहण कार्यक्रमसमेत नभएकाले परिषद् सदस्यहरुमा अन्यौलता र अस्पष्टता रहेकाले चासो राखेको बताएका छन् ।
एमाले सल्लाहकार परिषद्को अन्यौलताबारे अमृत बोहोराको विज्ञप्ति जारी गर्दै अहिले परिषदको बैठक बस्न र सपथग्रहण कार्यक्रम हुन नसक्ने अवस्था रहेको भन्दै आ– आफ्ना ठाउँमा हुने पार्टी कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना गरी सहभागिता जनाउन आग्रह गरेका छन् ।
साथै नेकपा एमालेको आन्तरिक एकतालाई सुदृढ पार्न पार्टी सल्लाहकार परिषद् अध्यक्ष बोहोराले पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
स्थानीय कमिटीलाई एकतावद्ध, गतिशील र सुदृढ बनाउन सक्रियतापूर्वक लाग्नुपर्ने उनको सुझाव छ ।
‘पार्टीलाई सबैखाले अवसरवाद र अराजक प्रवृतिबाट मुत्तः गर्दै खँदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्नुपर्छ ।’– विज्ञप्तिमा भनिएको छ ।












सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
प्रतिक्रिया