बतास समूहलाई पशुपति धर्मशाला भाडामा दिने निर्णय खारेज
धर्मशालाबारे छानबिन गर्न अर्को समिति गठन

काठमाडौँ । बतास समूहसँग भएको पशुपति धर्मशाला भाडा सम्झौता खारेज भएको छ ।
बतास समूहको होटेल आनन्द प्रालिलाई काठमाडौंको तिलगंगामा रहेको धर्मशाला भाडामा दिने निर्णय पशुपति क्षेत्र विकास कोषको मंगलबारको बैठकले खारेज गरेको हो ।
धर्मशाला सम्झौता गैरकानूनी भएको भन्दै गठित छानबिन समितिले सम्झौता खारेज गर्न सिफारिस गरेको थियो ।
कोषको सञ्चालक परिषद्को बैठकले धर्मशाला भाडामा दिएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन अनुमोदन गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
समितिको प्रतिवेदन बैठकले अनुमोदन गरेको बताउँदै कोषका कोषाध्यक्ष नारायण सुबेदीले आनन्द होटेललाई धर्मशाला भाडामा दिने अघिल्लो पदाधिकारीको निर्णय खारेज भएको बताए ।
२०७५ मङ्सिर २७ मा बतास समूहको आनन्द होटेललाई भारत सरकारको सहयोगमा बनेको धर्मशाला भाडामा दिने सहमति भए पनि सोबारे सञ्चालक परिषद्बाट निर्णय नभएको भन्दै बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो । सम्झौता खारेज गर्न पर्यटनमन्त्री प्रेम आलेले समितिलाई निर्देशन दिएका थिए ।
धर्मशालाबारे छानबिन गर्न अर्को समिति गठन
धर्मशालामा सञ्चालित होटल आनन्दको छानबिनका लागि अर्को समिति गठन भएको छ ।
सरकारी जग्गा तथा सम्पत्ति अनधिकृत रूपमा हत्याएको आरोप लागि रहेको बतास समूहले सञ्चालन गरिरहेको उक्त होटलको थप अनुसन्धानका लागि भन्दै पशुपति विकास कोषले मंगलबार कोषका सदस्य सचिव मिलन थापाको नेतृत्वमा छानबिन तथा कारबाही सिफारिस समिति गठन गरेको हो ।
समितिले होटल सञ्चालन तथा ठेक्का सम्झौताको सन्दर्भमा भएका गल्ती तथा बदमासीको अनुसन्धान गर्ने र सरकारलाई बुझाउने बताइएको छ ।
















दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया