अफ्रिका कप अफ नेसन्स : सेनेगल र मोरोक्को क्वाटरफाइनलमा

काठमाडौ । सेनेगल अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा नौ खेलाडीमा सीमित केप भर्डेलाई २-० ले पराजित गर्दै सेनेगल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले १-१ गोल गरे । ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए ।
खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिकले २१औँ मिनेट र भोजिन्हाले ५७औँ मिनेटमा रातो कार्ड सामना गरेका थिए ।
अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ ।
गए राति नै भएको खेलमा विजयी हुँदै मोरोक्को अन्तिम आठमा प्रवेश गरेको छ । अर्चराफ हाकिमी र युसुफले गोल गरेपछि मोरोक्कोले मालवीलाई २-१ को नतिजाले पराजित गरेको हो ।
मालवीको लागि गबादिन्होले सान्त्वना गोल गरे । अब सेमिफाइनल प्रवेशका लागि मोरोक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।











ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ग्राहकलाई लाइफटाइम फ्री क्रेडिट कार्ड अफर
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया