शुक्रबार, पुष ११, २०८२

जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम

मेरोन्यूज २०७८ माघ १२ गते १०:५६


काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम देखिएको छ । केन्द्रीय तथ्यांक विभागले आज पारम्भिक रुपमा सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार यस्तो तथ्यांक देखिएको हो ।

१० वर्षको वीचमा करिव ९७ लाख मात्र जनसंख्या वढेको छ । नेपालमा अहिले कुल २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । १० वर्ष अगाडी २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो ।

पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यसअघि विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव २७ प्रतिशत रहेको थियो । त्यसअघि १९८७ र १९७७ मा गरिएको जनगणनामा भने जनसंख्या वृद्धिदर माइनसमा थियो ।

प्रतिक्रिया