शुक्रबार, पुष ११, २०८२

राष्ट्रियसभा सदस्य निर्वाचनमा जनकपुर तनावग्रस्त

मतदान गर्न जादै गरेका प्रदेशसभा सदस्य यादवमाथि हातपात

मेरोन्यूज २०७८ माघ १२ गते १२:४३

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादवको हात भाँचिदिएको छन् ।

बुधबार मधेस प्रदेशका प्रदेशसभा सदस्य अशोक यादवले प्रदर्शनकारीले आफ्नो हात भाँचिदिएको बताए ।

जानकी मन्दिरअगाडि १५–२० जनाको समूहमा आएका प्रदर्शनकारीले गाडीमा तोडफोड गर्नुका साथै आफ्नो हात भाँचिदिएकाे यादवकाे दाबी छ
राउत समुहले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्न यादवलगायत मतदाता स्थल नजिकै प्रदर्शन गरेको छ ।

उनको गाडीको झ्याल र अगाडिको सिसा फुटेको छ । सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंको गाडी तोडफोड गरिएको छ ।

प्रतिक्रिया