राष्ट्रियसभा निर्वाचन
जब काखमा दुधे बालक बोकेर भोट खसाल्न पुगिन् लिलाकुमारी

कैलाली । सुदूरपश्चिम प्रदेशको बैतडीको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लिलाकुमारी बिष्ट बुधबार राष्ट्रियसभाका लागि धनगढीमा भइरहेको निर्वाचनमा मतदानका लागि काखमा ९ महिने छोरा लिएर हस्याङ फस्याङ गर्दै मतदानस्थल पुगिन् ।
सुदूरपश्चिम प्रदेश सभाको प्राङ्गणमा बुधबार राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको छ । काखमा छोरालाई बोकेको हुँदा लाइनमा नबसी सोझै मत हाल्न गइन् उनी ।
प्रदेशसभा सदस्यका लागि खुला, महिला र दलित कोटा गरेर मतपत्र तीन ठाउँमा खसाल्नुपर्ने थियो । उनले सबैमा मतपत्र खसालिन् । मत खसालिसकेपछि उनले तीनवटै मतपेटीकालाई ढोकसमेत गरिन् । सायद आफूले मतदान गरेको उम्मेदवारले जितुन् भन्ने उनको कामना थियो होला ।
६ सय भाडा तिरेर मंगलबार भोट हाल्नकै लागि बैतडीबाट दुधे बालक लिएर उनी निजी सार्वजनिक गाडी चढेर धनगढी पुगिन् ।
‘गाउँपालिकाको एउटा मात्रै गाडी छ, उनले भनिन्, ‘त्यो गाडीमा अध्यक्ष ज्यु र अरु मान्छेहरु आएका रहेछन् । गाडीमा धेरै मान्छे भएर कोचाकोच भएपछि आफू सार्वजनिक गाडीमा भाडा तिरेर आएको उनले बताइन् ।
उनका श्रीमान शिक्षक हुन् । उनकी एउटा पाँच वर्षीय छोरी पनि छिन् । २०७४ वैशाखमा स्थानीय चुनावमा पनि उनले छोरीलाई काखमै लिएरै जनता सामु भोट माग्न गएकी थिए उनले भनिन् ।
२०७६ सालको राष्ट्रिय सभाको चुनाव दिपायमा हुँदा छोरीलाई बोकेरै भोट हाल्न गएको उनले बताइन् ।
‘उसैपनि महिलालाई काम गर्न गाह्रो छ,’ उनले भनिन्, ‘त्यसमा पनि बालबच्चासँगै जिम्मेवारी बहन गर्नुपर्छ । गर्दागर्दै पनि जनअपेक्षा अनुसार काम गर्नुपर्छ । सकेजति काम गरिरहेका छौँ ।’
महिलाहरु अनुपातका हिसाबले अगाडि आउनुमा कुनै अर्थ नरहेको नरहेको भन्दै उनले भनिन्, ‘महिला मुख्य भूमिकामा हुनुपर्छ, अनि मात्रै महिला सहभागिताले सार्थकता पाउँछ । उनले अहिले भइरहेको राष्ट्रियसभाको निर्वाचनबाट पनि राम्रो मान्छे चुनिएर आउनुपर्ने बताइन् ।










हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
जथाभावी औषधि सेवन नगर्न स्वास्थ्यमन्त्री डा गौतमको आग्रह
एनपिएलः रवि बोपारा बने अर्धशतक बनाउने तेस्रो खेलाडी
संसद् पुनर्स्थापनाका लागि कानुनी उपचार खोज्छौँः अध्यक्ष ओली
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
प्रतिक्रिया