राष्ट्रियसभा निर्वाचन
जब काखमा दुधे बालक बोकेर भोट खसाल्न पुगिन् लिलाकुमारी

कैलाली । सुदूरपश्चिम प्रदेशको बैतडीको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लिलाकुमारी बिष्ट बुधबार राष्ट्रियसभाका लागि धनगढीमा भइरहेको निर्वाचनमा मतदानका लागि काखमा ९ महिने छोरा लिएर हस्याङ फस्याङ गर्दै मतदानस्थल पुगिन् ।
सुदूरपश्चिम प्रदेश सभाको प्राङ्गणमा बुधबार राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको छ । काखमा छोरालाई बोकेको हुँदा लाइनमा नबसी सोझै मत हाल्न गइन् उनी ।
प्रदेशसभा सदस्यका लागि खुला, महिला र दलित कोटा गरेर मतपत्र तीन ठाउँमा खसाल्नुपर्ने थियो । उनले सबैमा मतपत्र खसालिन् । मत खसालिसकेपछि उनले तीनवटै मतपेटीकालाई ढोकसमेत गरिन् । सायद आफूले मतदान गरेको उम्मेदवारले जितुन् भन्ने उनको कामना थियो होला ।
६ सय भाडा तिरेर मंगलबार भोट हाल्नकै लागि बैतडीबाट दुधे बालक लिएर उनी निजी सार्वजनिक गाडी चढेर धनगढी पुगिन् ।
‘गाउँपालिकाको एउटा मात्रै गाडी छ, उनले भनिन्, ‘त्यो गाडीमा अध्यक्ष ज्यु र अरु मान्छेहरु आएका रहेछन् । गाडीमा धेरै मान्छे भएर कोचाकोच भएपछि आफू सार्वजनिक गाडीमा भाडा तिरेर आएको उनले बताइन् ।
उनका श्रीमान शिक्षक हुन् । उनकी एउटा पाँच वर्षीय छोरी पनि छिन् । २०७४ वैशाखमा स्थानीय चुनावमा पनि उनले छोरीलाई काखमै लिएरै जनता सामु भोट माग्न गएकी थिए उनले भनिन् ।
२०७६ सालको राष्ट्रिय सभाको चुनाव दिपायमा हुँदा छोरीलाई बोकेरै भोट हाल्न गएको उनले बताइन् ।
‘उसैपनि महिलालाई काम गर्न गाह्रो छ,’ उनले भनिन्, ‘त्यसमा पनि बालबच्चासँगै जिम्मेवारी बहन गर्नुपर्छ । गर्दागर्दै पनि जनअपेक्षा अनुसार काम गर्नुपर्छ । सकेजति काम गरिरहेका छौँ ।’
महिलाहरु अनुपातका हिसाबले अगाडि आउनुमा कुनै अर्थ नरहेको नरहेको भन्दै उनले भनिन्, ‘महिला मुख्य भूमिकामा हुनुपर्छ, अनि मात्रै महिला सहभागिताले सार्थकता पाउँछ । उनले अहिले भइरहेको राष्ट्रियसभाको निर्वाचनबाट पनि राम्रो मान्छे चुनिएर आउनुपर्ने बताइन् ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया