शनिबार, पुष १२, २०८२

राष्ट्रिसभा निर्वाचनः प्रदेश–१ मा तीन जनप्रतिनिधि अनुपस्थित

मेरोन्यूज २०७८ माघ १२ गते १५:४३

विराटनगर । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको मतदानमा प्रदेश १ बाट तीन जना जनप्रतिनिधि अनुपस्थित भएका छन् ।

प्रदेश १ मा ९२ जना प्रदेश सांसद र २७२ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये तीन जना जनप्रतिनिधि अनुपस्थित भएका हुन् ।

विराटनगरकी उपमेयर इन्दिरा कार्की, झापाको गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र प्रदेश सांसद गुलेफुन खातुन मतदानमा अनुपस्थित रहेका थिए ।

बुधबार भएको निर्वाचनमा प्रदेश १ बाट २७० पालिका प्रमुख उपप्रमुख र ९१ सांसदले मतदान गरेका छन् ।

अपरान्ह ३ बजे सकिएको मतदानको केहीबेरमै गणना शुरु गरिने बताइएको छ ।

प्रदेश १ मा तीन पदका लागि आठ जना प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया