शुक्रबार, पुष ११, २०८२

यी हुन् मन्त्रिपरिषद्ले गरेका पछिल्ला निर्णयहरु

मेरोन्यूज २०७८ माघ १२ गते १६:०७

काठमाडौं । सरकारले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा उपलब्ध गराउने प्रस्ताव स्विकृत गरिएको जानकारी दिएका हुन् ।

त्यसैगरी बैठकले स्वास्थ्य विमा बोर्डको अस्थायी दरबन्दी पनि स्विकृत गरेको छ ।

लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको मन्त्री कार्कीले बताए ।

यस्तै, सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने जापानी यान २५४१ मिलियन करिव २ अर्व ६१ करोडसम्मको अनुदान सहायता स्विकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी, नेपाल विद्युत प्राधिकरण अन्तरगतको विभिन्न प्रशारण लाईन तथा सवस्टेशन आयोजनाका लागि जग्गा प्राप्ती गर्न स्विकृति दिने । र, प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने निर्णय पनि गरेको छ ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनको लागि सैद्धान्तिक स्विकृति दिने, विभिन्न समयमा छपाई भएका, प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलाक स्टेशनरीहरु प्रचलनमा नल्याउने र कानुन बमोजिम नष्ट गरी मिनाहा गर्न स्विकृति दिने निर्णय पनि सरकारले गरेको मन्त्री कार्कीले बताए ।

उनका अनुसार सरकारले भोजपुर जिल्लास्थित नेपाली सेनाको श्री फष्ट राईफल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरुको स्वामित्वमा रहेको करिव २० रोपनी १५ आना २ दाम जग्गा प्राप्त गर्न स्विकृति दिने निर्णय गरेको छ ।
त्यसैगरी, कञ्चनपुर र कैलालीमा एकीकृत फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ कञ्चनपुरको शुक्लाफाँट नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाको वन क्षेत्र पर्ने जग्गा प्रयोग गर्न स्विकृति दिने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको छ ।

यी हुन् मन्त्रिपरिषदका निर्णयहरु

विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने जापानी यन २५४१ मिलियन करिव २ अर्व ६१ करोडसम्मको अनुदान सहायता स्विकृत गर्ने ।

नेपाल विद्युत प्राधिकरण अन्तरगतको विभिन्न प्रशारण लाईन तथा सवस्टेशन आयोजनाका लागि जग्गा प्राप्ती गर्न स्विकृति दिने । र, प्रारम्भिक कारबाही चलाउने अधिकार तोक्ने ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनको लागि सैद्धान्तिक स्विकृति दिने ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने स्विकृति दिने ।

भोजपुर जिल्लास्थित नेपाली सेनाको श्री फष्ट राईफल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीय व्यक्तिहरुको स्वामित्वमा रहेको करिव २० रोपनी १५ आना २ दाम जग्गा प्राप्त गर्न स्विकृति दिने ।

कञ्चनपुर र कैलालीमा एकीकृत फोहोरमैला व्यवस्थापन प्लान्ट स्थापनार्थ कञ्चनपुरको शुक्लाफाँट नगरपालिका र कैलालीको गोदावरी नगरपालिकाको वन क्षेत्र पर्ने जग्गा प्रयोग गर्न स्विकृति दिने ।

विभिन्न समयमा छपाई भएका, प्रकाशन नभएका र चलनचल्तीमा ल्याउन नसकिएका हुलाक टिकट र हुलाक स्टेशनरीहरु प्रचलनमा नल्याउने र कानुन बमोजिम नष्ट गरी मिनाहा गर्न स्विकृति दिने ।

स्वास्थ्य विमा बोर्डको अस्थायी दरबन्दी स्विकृति गर्ने ।

लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित द्धितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ति तथा पदस्थापना गर्ने ।

प्रतिक्रिया