बुधबार, पुष ९, २०८२

बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

मेरोन्यूज २०८२ पुष ८ गते १८:०३

काठमाडाैं । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहसचिवसहित तीन जनालाई तोकेको स्थानहद फुकुवा गरेको छ।

पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वआइजिपी चन्द्रकुबेर खापुङ र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो।

अनुसन्धानको दायरामा रहेका उनीहरूलाई आयोगले यसअघि विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो। उनीहरुको बयान सकिएसँगै आयोगले स्थानहद फुकुवा गरेको हो।

प्रतिक्रिया