राष्ट्रियसभा निर्वाचनः बाग्मतीको मतगणना सुरु

मकवानपुर । राष्ट्रियसभामा रिक्त रहेको दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचनको मतगणना सुरू भएको छ ।
हेटौंडा उपमहानगरपालिका–८ मा रहेको औद्योगिक क्षेत्रमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।
बिहान १० बजेबाट सुरु भएको मतदानमा तीन सय ४३ जनाले भोट हालेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आज बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गरिसक्ने तयारी छ ।
निर्वाचनमा बागमती प्रदेशसभाका एक सय नौ जना सांसदमध्ये एक सय ६ जना र स्थानीय तहका दुई सय ३७ जनप्रतिनिधिले मतदान गरेका छन् । पार्टीको निर्णयअनुसार विवेकशील साझा पार्टीका तीन जना सांसदले भने मतदान गरेनन् ।
रिक्त सदस्यका लागि सत्तारुढ गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल प्रतिष्पर्धामा छन् ।
यस्तै, विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य, नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङकाबीच चुनाव भएको हो ।











प्रचण्डसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया