अर्थमन्त्रीले भने– भन्सारलाई स्वचालित प्रणालीमा विकास गरिन्छ

काठमाडौं । भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन गर्दै भन्सारमा नयाँ–नयाँ प्रविधि जोड्दै आगामी दिन भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने बताए ।
अर्थमन्त्री शर्माले भन्सारलाई पारदर्शिता सहित व्यापारलाई सहजीकरण गर्ने किसिमको बनाउने काममा सरकार लागि परेको बताए ।
उनले भन्सार विन्दु र बजारको विन्दु दुबै सुधार गर्नु पर्ने अहिलेको आवश्यकता भएको बताए ।
मन्त्री शर्माले डिजिटल भुक्तानीसँगै बस्तु आयात गर्ने कन्टेनरमा स्क्यानर लागू गर्ने तयारीमा सरकार रहेको बताए । उनले यसरी स्क्यानरको प्रयोगले आफ्नो देश, सामान आएको देश र भन्सारसँग सीमा जोडिएको देशको राष्ट्रिय सुरक्षामा महत्वपूर्ण साधन बन्ने बताए ।
अर्थमन्त्री शर्माले भन्सारमा राजश्व चुहावट र तस्करी नियन्त्रण गर्नु सरकारको लागि मुख्य चुनौती रहेको बताए । उनले राजश्व चुहावट र तस्करी नियन्त्रणको लागि भन्सार विभागले मात्रै गर्न नसक्ने भएकाले राज्यका सबै संयन्त्र लाग्नु पर्ने आवश्यकता भएको बताए ।
मन्त्री शर्माले भन्सारमा खुल्ला सिमाको सुरक्षा, सिमा नाकामा हुने व्यापार व्यवस्थापन गर्ने विषय पनि अहिलेको चुनौतीको रुपमा रहेको बताए । उनले भन्सारलाई आयात गर्ने विन्दुको रुपमा मात्रै नभएर निर्यात गर्ने माध्यम बनाउनु पर्ने बताए ।
स्वदेशमा नै उत्पादन भएका बस्तुलाई स्वदेशमा नै बजार उपलब्ध गराउनको लागि सरकारले नीतिगत र संरचनागत सुधार गरेर अगाडि बढ्ने अर्थमन्त्रीको भनाई छ । उनले अहिले भइरहेको भन्सार सम्बन्धि ऐन संशोधन, नयाँ नीतिको निर्माण, संरचनागत र प्रक्रियागत सुधार गर्नु पर्ने आवश्यक रहेको बताए ।
भन्सार विभाग र उद्योगी व्यवसायीहरु एक अर्काका विरोधी नभई एक अर्काका परिपुरक भएकाले दुबैले आ–आफ्नो जिम्मेवारीलाई पुरा गर्दा झनझट रहित सरल रुपमा भन्सारबाट व्यापारमा सहजिकरण गर्न सकिने औल्याए ।
त्यस्तै अर्थमन्त्री शर्माले भन्सारमा व्यवसायीले उठाएको कारोबार मुल्यको आधारमा भन्सार मूल्याङकनको विषयमा नीजि क्षेत्रसँग छलफल गर्ने बताए ।
उनले अर्थमन्त्रालय निरन्तर नीजि क्षेत्रसँगको सहकार्य गरेर अगाडि बढ्ने गरेकाले नीजि क्षेत्रको जाहेजको सम्बोधन गर्ने पक्षमा सरकार रहेका स्पष्ट पारे ।
मन्त्री शर्माले व्यापार घाटालाई अन्त्य गर्नको लागि नेपालमा नै उत्पादन वृद्धि कच्चा पदार्थ र औजारहरुको आयातको सरकार सरकारात्मक रहेको बताए ।
यस्ता, कच्चा पदार्थ र औजारको आयातले नेपालमा नै रोगजारी सृजना र उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने मन्त्री शर्माको भनाई छ ।
त्यस्तै, अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताए ।
उनले अनलाइन पेमेन्ट लागू भएसँगै सहज र सरल तरिकाबाट आयातको काम हुने तथा समयको बचत, पारर्दशिता, व्यापारलाई धेरै प्रतिस्पर्धी र सहज बनाउन भूमिका खेल्ने बताए ।
त्यस्तै, भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताए । उनले आजबाट सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी प्रणाली लागू भएको बताए ।
त्यस्तै, राजश्व सचिव कृष्णहरि पुस्करले भन्सार प्रशासनलाई आधुनिकीकरण गर्न सरकार अग्रसर भएको बताउनुभयो । उनले भन्सारमा लामो समय देखि रहेका नीतिगत समस्या, प्रक्रियागत समस्या र प्राविधिक समस्यालाई क्रमशः सम्बोधन गर्ने काम गरिहेको बताए ।
सचिव पुस्करले भन्सार प्रशासन एकदमै परम्पराग भएकाले कतिपय राष्ट्रिय सुरक्षाको विषयहरु रहेकाले सोचेर र अध्ययन गरेर मात्रै अगाडि बढ्नु पर्ने अवस्था भएकाले आधुनिकिरण गर्न समय लाग्ने गरेको बताए ।

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया