शुक्रबार, पुष ११, २०८२

राष्ट्रियसभामा जितेकालाई माधव नेपालको बधाई

मेरोन्यूज २०७८ माघ १३ गते ९:४५


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसदहरुलाई बधाई दिएका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई अध्यक्ष नेपालले बधाई दिएका हुन्

उनले एक बधाई सन्देश जारी गरी गठबन्धनका विजयी सांसदलाई बधाई दिएका हुन् ।

उनले जारी गर्नुभएको सन्देशमा विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ । सो पार्टीका तर्फबाट विजयी भएका पाँच सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ ।

राष्ट्रियसभामा १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी ९गरिमा० शाह,
केन्द्रीय सदस्यहरु उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरे तथा गठबन्धनबाट अन्य १३ सदस्य र एमालेबाट एक सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया