नेप्से परिसूचक ३.२९ अंकले वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९ अंकले वृद्धि भएर २ हजार ७६९.९३ बिन्दूमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.३८ अंक, फ्लोट इण्डेक्स ०.०५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ ।
आज कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको शेयर कारोबार भएको छ । नेप्से सामान्य अंकले बढे पनि शेयर कारोबार रकममा भने गिरावट आएको छ । बुधबार ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
नेप्सेको कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहको शेयर सूचक बढेको छ भने ६ वटा उपसमूहको सूचक राताम्मे भएको छ । जसमा निर्जिवन विमा उपसमूहको सूचक सबैभन्दा बढी १.०४ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त उपसमूहको ०.६१ प्रतिशत, जलविद्युतको ०.१६ प्रतिशत, लगानीको ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३५ प्रतिशत, लघुवित्तको ०.१० प्रतिशत र अन्यको ०.८० प्रतिशत बढेको छ । यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक ०.६९ प्रतिशत घटेको छ ।
आज कारोबारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै सिईडिबी हाइड्रोपावर, अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य बढेको छ । तर सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ४.१४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा नेशनल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । नेपाल टेलिकम, अपि पावर कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया