नेप्से परिसूचक ३.२९ अंकले वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९ अंकले वृद्धि भएर २ हजार ७६९.९३ बिन्दूमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.३८ अंक, फ्लोट इण्डेक्स ०.०५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ ।
आज कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको शेयर कारोबार भएको छ । नेप्से सामान्य अंकले बढे पनि शेयर कारोबार रकममा भने गिरावट आएको छ । बुधबार ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
नेप्सेको कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहको शेयर सूचक बढेको छ भने ६ वटा उपसमूहको सूचक राताम्मे भएको छ । जसमा निर्जिवन विमा उपसमूहको सूचक सबैभन्दा बढी १.०४ प्रतिशतले बढेको छ । त्यस्तै, वित्त उपसमूहको ०.६१ प्रतिशत, जलविद्युतको ०.१६ प्रतिशत, लगानीको ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३५ प्रतिशत, लघुवित्तको ०.१० प्रतिशत र अन्यको ०.८० प्रतिशत बढेको छ । यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक ०.६९ प्रतिशत घटेको छ ।
आज कारोबारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै सिईडिबी हाइड्रोपावर, अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य बढेको छ । तर सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ४.१४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा नेशनल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । नेपाल टेलिकम, अपि पावर कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
प्रतिक्रिया