राष्ट्रपति र प्रधानमन्त्रीबीच शितलनिवासमा भेटवार्ता
मेरोन्यूज
२०७८ माघ १३ गते १६:४४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। आज अपरान्ह ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति र प्रधानमन्त्रीबीच शितलनिवास भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
‘आज दिउँसो ३ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटावार्ता भएको छ,’ अधिकारीले भने, ‘यो नियमित भेटवार्ता हो ।’
स्थानीय तहसहितका निर्वाचन गर्नुपर्ने जिम्मेवारीमा रहेको सरकारलाई मिति तोक्न निर्वाचन आयोगले दबाब दिइरहेको छ । आयोगका पदाधिकारीसँग भेटवार्ता गर्नुअघि प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच आगामी निर्वाचनसहित देशको समसामयिक विषयमा कुराकानी भएको छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया