कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा अवैध बाटोबाट कर्मचारी भर्ना
स्थानीय असन्तुष्ट, नियमविपरित कर्मचारी भर्ना गरिएको भन्दै विरोध

बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा अवैध बाटोबाट कर्मचारी भर्ना गरिएको आरोप लागेको छ । नियमविपरित कर्मचारी भर्ना गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
गाउँपालिकाले पुस ३० गते तीन जना कर्मचारीलाई दैनिक ज्यालादारीमा काम गर्ने भन्दै नियुक्ती गरेको छ । जसमा दिपेन्द्रबहादुर बिष्टलाई योजना तथा कार्यक्रमको सुपरिवेक्षण गर्ने चौकिदारको पदमा नियुक्त गरिएको छ भने निरज कठायतलाई कार्यालयसंग जोडिएको पार्कको रेखदेखका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरि अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि नियुक्ती दिइएको छ ।
यस्तै रौतेली स्वास्थ्यचौकीमा कोभिड १९ रोकथाम सम्बन्धी कामकाजका साथै कार्यालयले तोकेबमोजिमको कामकाज गर्ने गरी अर्को व्यवस्था नभएसम्मका लागि भन्दै अहेब पदमा सुनिता रानालाई २० हजार पारिश्रमिक दिने गरि माघ १ गतेदेखि २०७९ असार मसान्त ६ महिनासम्मका लागि नियुक्ति दिइएको छ ।
गाउँपालिकामा नयाँ अधिकृत पुस २६ गते हाजिर भइसक्दा समेत ३० गते पुरानै अधिकृतले नयाँ कर्मचारीलाई नियुक्ति दिएको स्थानीयको आरोप छ । गाउँपालिकाको कार्यालयबाट सुरुवा भइसकेका गणेशदत्त भट्टले नयाँ कर्मचारीलाई नियुक्ति दिएको आरोप छ । भट्ट जिल्ला समन्वय समितिमा सरुवा भइसकेका अधिकृत हुन् ।
गाउँपालिकाले सूचना समेत ननिकालेर मनोमानी तरिकाले कर्मचारी भर्ना गरेको स्थानीय लक्ष्मी जैशीले बताइन् । ‘गाउँपालिकालाई कर्मचारी आवश्यता भएको भए सूचना निकाल्नु पथ्र्यो,’ उनले भनिन्, ‘आफू खुशी कर्मचारी भर्ना गर्नु सरासर नियम विपरित हो ।’ गलत कार्यलाई गाउँपालिकाले तुरुन्त रोक्नुपर्ने उनको भनाई छ । काम नपाएर घाम तापेर बस्ने कर्मचारी भएको गाउँपालिकालाई कर्मचारी आवश्यकताको पनि पुष्टि गर्नुपर्ने उनले बताइन् ।
आफू माघ ३ मात्रै सरुवा भएको दाबी गर्दै गाउँपालिकाका तत्कालिन अधिकृत भट्टले दैनिक ज्यालादारीका हिसावले आवश्यक कर्मचारी भर्ना गरेको बताएका छन् । उनले ज्यालादारी कर्मचारीका लागि सूचना खोल्न आवश्यक नरहेको समेत बताए । ‘करारमा दैनिक ज्यालादारी दिने गरी केही दिनका लागि आवश्यकता महसुस हुने गरि कर्मचारी राखिएको हो,’ उनले भने, ‘दैनिक ज्यालादारी कर्मचारी भर्ना गर्न विज्ञापन खोल्नु पर्दैन ।’ उनले मजदुरीमा काम गर्ने कर्मचारीले दैनिक काम गरेवापत तलब पाउने बताए ।
अर्कोतर्फ गाउँपालिकामा नयाँ सुरुवा भएर आएका अधिकृत पदमराज जोशीले आफू पुस २६ गते नै कार्यालयमा हाँजिर भएको बताएका छन् । उनले कर्मचारी भर्ना सम्बन्धी आफूलाई धेरै कुरा जानकारी नरहेको समेत बताए । उनले यसबारेमा आफू बुझ्ने बताए । ‘कर्मचारी भर्ना सम्बन्धी के रहेछ बुझेर कार्यपालिकामा कुरा राख्छु,’ उनले भने, ‘त्यसपछि के गर्न सकिन्छ गरौंला ।’
गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले रौतेली स्वास्थ्यचौकीमा अहेव आवश्यकता भएकाले भर्ना गरिएको बताएका छन् । उनले यसअघि सोही ठाउँमा स्वयमसेवकको रुपमा सेवा गरेकै व्यक्तिलाई भर्ना गरिएको बताए । उनले अन्य दुई जनालाई पनि दैनिक ज्यालादारीमा भर्ना गरिएको बताए ।
‘स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता भएरै कर्मचारी राखिएको हो,’ उनले भने, ‘एक जना कार्यालय सहयोगी र अर्का जना पलम्बर गरेर तीनजना कर्मचारीलाई दैनिक ज्यालादारीमा नै भर्ना गरिएको छ ।’ उनले नियम संगत तरिकाले नै कर्मचारी भर्ना गरिएको दाबी गरे ।

















सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
22 candidates open bank accounts for election purpose
आज शुक्रबार कतिमा किनबेच हुँदैछ सुन ?
6 days to HoR election: Alcoholic products sale and consumption to be banned
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
क्रिकेटर करण केसीले गरे बिहे
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
प्रतिक्रिया