बुधबार, वैशाख १०, २०८२

क्यानले गर्यो क्रिकेट खेलाडीको बर्गीकरण (निर्णयसहित)

ज्ञानेन्द्रसहित चार खेलाडीलाई गरेको कारबाही फिर्ता

मेरोन्यूज २०७८ माघ १३ गते २१:१५

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको बर्गीकरण गरेको छ। बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको छ ।

पुरुष खेलाडीहरू तर्फ ग्रेड ए सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र करण केसीलाई राखेको छ ।

त्यस्तै, ग्रेड बि – कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी ग्रेड सी – कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ महिला खेलाडीहरू तर्फ ग्रेड ए – रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी ग्रेड बि – सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे ग्रेड सी-डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेको क्यानले जनाएको छ।

त्यस्तै बैठकले चार जना खेलाडीहरूलाई २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरिएको छ।

त्यस्तै क्यानको वार्षिक साधारण सभा आगामी फाल्गुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र सदस्य पदम बहादुर खड्का सम्मिलित ५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

के-के गरयो क्यानले निर्णय ?

पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितलाई गरेको कारवाही फिर्ता

नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई गरेको कारबाही ‍फिर्ता लिएको छ।

क्यानले गत मंसिर २९ गते अनुशासन उल्लघंन गरेको भन्दै नियमित कप्तान मल्ल र उपकप्तान ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो। साथै मल्लसहित चार खेलाडीलाई यसअघि ६ महिनाका लागि केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो।

अनुशासन उल्लङ्घन सम्बन्धि संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौताको सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय बिहिबार बसेको बैठकले फिर्ता लिने निर्णय गरेको हो।

प्रतिक्रिया