कांग्रेसले बनाउन लागेको कार्यसम्पादन समितिले के गर्छ ?
१४ पदाधिकारी, प्रवक्ता सहित थप ३१ जना सभापतिले मनोनित गरेर कार्यसम्पादन समिति बनाउन कांग्रेसले सक्छ

काठमाडौं । नेपाली कांग्रेसले पार्टी कामलाई प्रभावकारी बनाउने उदेश्यसहित कार्यसम्पादन समिति बनाउने भएको छ । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाले कार्यसम्पादन समितिमार्फत पार्टी काम गर्न चाहेपछि कार्यसम्पादन समिति गठन हुन लागेको हो ।
त्यसका लागि छलफल गर्न कांग्रेसले भोलि दिउँसो ३ बजे भर्चुअल माध्यमवाट केन्द्रीय समितिको बैठक बोलाएको छ । सम्पादन समिति गठनको तयारीका लागि सभापति देउवाले उपसभापति पूर्णवहादुर खड्का, महामन्त्रीद्दय गगन थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गरिसकेका छन् । पार्टीका तीन पदाधिकारीसँगको परामर्श पछि देउवाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
उसले गठन गर्ने कार्यसम्पादन समिति विधानमा ४७ जना सम्मको बनाउन पाइने उल्लेख छ । तर विधानको ब्यवस्थामा टेकेपनि उसको कार्यसम्पादन समिति ४६ जनाको हुने छ । जम्वो केन्द्रीय समिति र्निाण भएको बेला सवै केन्द्रीय समितिका सवै सदस्यलाई बोलाएर निर्णयहरु गर्न कतिपय अवस्थामा अप्ठ्यारो र नभ्याइने हुँदा र कोरोनाका कारण पनि त्यो सम्भव पनि नहुने देखेपछि काग्रेसले कार्यसम्पादन समिति गठनमा हतारो देखाएको हो ।
सभापति देउवाले पार्टीका काम गर्नका लागि कार्यसम्पादन समिति बनाएर हतारो गर्न खोजेको देखिन्छ । तयसैको एउटै एजेण्डाका साथ भोलिको काग्रेस केन्द्रीय समिति बैठक बोलाइएको हो ।
को-को हुन्छन् कार्यसम्पादन समितिमा ?
केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा कार्यसमितिले गर्नुपर्ने काम केही परेमा केन्द्रीय कार्यसम्पादन समितिले गर्ने गरी विधानमा ब्यवस्था गरेर कांग्रेसले कार्यसम्पादन समिति गठन गर्न सक्ने उल्लेख गरिएको छ ।
यो समितिले गरेको आफ्नो निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदन भने गर्नुपर्ने हुन्छ । यसले पार्टीको केन्द्रीय विभागको कामको समीक्षा गर्ने देखि समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसँग संयुक्त रूपमा विषयगत छलफलको आयोजना समेत गर्ने अधिकार राख्दछ ।
काग्रेसभित्र यसलाई प्रभावकारी समितिको रुपमा लिइन्छ ।
विधानानुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रत्येक महिनामा एकपटक अनिवार्य बस्नुपर्ने हुन्छ । अर्थात्, वर्षमा कम्तीमा १२ पटक कार्यसम्पादन समितिको बैठक बस्नुपर्ने विधानको ब्यवस्था छ । जबकि, विधानले केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा एकपटक अनिवार्य बस्नुपर्ने भनेको छ ।
जम्वो केन्द्रीय समिति रहेकोले तत्कालका कामका लागि केन्द्रीय समिति बोलाउन नसकिने भएकोले पनि थोरै संख्याको कार्यसम्पादन समिति गठन गर्न लागेको हो ।
केन्द्रीय कार्यसम्पादन समितिमा केन्द्रीय कार्यसमितिका १४ पदाधिकारीहरू स्वतः पदेन सदस्य हुन्छन् । त्यसवाहेक सभापतिले ३१ केन्द्रीय सदस्यहरूलाई कार्यसम्पादन समितिमा मनोनित गर्न पाउनेछन् ।
तर त्यसरी मनोनित गर्दा समावेशी सिद्धान्तलाई अनिवार्य गरिएको छ ।
यस्तै, संसदीय दलका नेता र केन्द्रीय प्रवक्ता पनि कार्यसम्पादन समिति सदस्य बन्न पाउने व्यवस्था छ । अर्थात्, ४७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बनाउनुपर्ने हुन्छ । वर्तमान अवस्थामा कांग्रेसका सभापति र संसदीय दलका नेता एकै व्यक्ति भएकाले ४६ सदस्यीय कार्यसम्पादन समिति गठन हुनेछ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया