जडिबुटी कम्पनीको महाप्रबन्धक बन्ने हो ? दरखास्त खुल्यो

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका लागि खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनोट गर्ने भएको छ ।
महाप्रबन्धक छनोट समितिले शुक्रबार विज्ञापन आह्वान गर्दै १५ दिभित्र दरखास्त पेश गर्न सूचित गरेको छ ।
मान्यता प्राप्त विश्वविद्यालयबाट वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, कृषि विज्ञान, समाजशास्त्र, व्यवस्थापन, वनस्पतिशास्त्र वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातक तह उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
आवेदकको उमेर ३० वर्ष पूरा भएको हुनुपर्नेछ ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी सञ्चालनका लागि व्यवसायिक कार्ययोजना (बढीमा १५ पेजको) पनि माग गरिएको छ भने व्यवसायिक कार्ययोजनामा कम्पनीलाई विस्तार गर्ने रणनीतिक योजनासमेत पेस गर्नुपर्ने छ ।
यसअघिका महाप्रबन्धक ज्ञानेश्वर कार्कीको कार्यकाल सकिएपछि नयाँ महाप्रबन्धक नियुक्त गरिन लागिएको हो । कम्पनीले जडीबुटीको उत्पादन, प्रशोधन, बिक्री र बजारीकरणको काम गर्ने गरेको छ ।















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया