प्रचण्डलाई भेटेपछि बल्ल शुरु भयो कांग्रेसको बैठक

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि बल्ल कांग्रेस बैठक शुरु भएको हो ।
शुक्रबार दिउँसो तीन बजेपछि भर्चुअल माध्यमबाट बैठक सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठक भर्चुअल भएपनि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा पुगेर बैठकको अध्यक्षता गरेका छन् ।
यस्तै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी पनि सानेपाबाट नै भर्चुअल रुपमा बैठकमा जोडिएका छन् ।
सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यका लागि छनोट गरेको नेताको नाम बैठकमा राख्ने छ ।
३१ सदस्य प्रस्ताव गर्नुपर्नेमा शुक्रबार सभापति देउवाले केही पछि थप्ने गरी कार्यसम्पादन समिति सदस्यको नाम प्रस्ताव गर्ने कांग्रेस नेताहरुले जानकारी दिए ।
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया