शनिबार, पुष १२, २०८२

काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनको नयाँ आदेश (आदेशको पूर्णपाठ)

मेरोन्यूज २०७८ माघ १४ गते २०:३६

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाले नयाँ आदेश जारी गरेका छन् ।

तीनै वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबरा संयुक्त वैठक बसेपछि तीनै जिल्लाले छुट्टाछुट्टै आदेश जारी गरेका छन् ।

तीन वटै जिल्लाको आदेशमा माघ मसान्तसम्म भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरु सञ्चालन नगर्न भनिएको छ । कोभिड १९ विरुद्धको खोप लगाउन तोकिएको दिन भने विद्यार्थीलाई विद्यालय वा शैक्षिक संस्थामा बोलाउन सकिने उल्लेख गरिएको छ ।

यस्तै, जनशक्ति भर्ना परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने तीनै जिल्लाका प्रजिअले शुक्रबार जारी गरेको आदेशमा उल्लेख छ ।

पाँच पृष्ठ लामो आदेशमा अन्य कुन कुन क्षेत्रलाई छुट दिइएको र कुन कुन क्षेत्रलाई रोक लगाइएको सबै उल्लेख गरिएको छ ।

हेर्नुहोस्, जिल्ला प्रशासन कार्यालय ललितपुरको पूर्णपाठ

प्रतिक्रिया