आजदेखि सार्वजनिक यातायातमा जोर बिजोर हट्यो

काठमाडौँ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेको छ । सार्वजनिक यातायातका सवारी साधनमा जोरबिजोर हटाए पनि निजी सवारी साधन र ट्याक्सीमा भने जोर बिजोर प्रणाली कायमै राखिएको छ ।
उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले शनिबारदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्य विधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । विश्व विद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।
कोरोना संक्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारी साधनमा जोर बिजोर कायम गरिएको थियो । पुस अन्तिम साताबाट बन्द विद्यालय, कलेज, विश्व विद्यालय र शैक्षिक प्रतिष्ठान माघ मसान्तसम्म खुल्ने छैनन् ।
यसअघि १५ माघसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकोमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)को सिफारिसमा माघ मसान्तसम्मका लागि रोक लगाइएको हो ।
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया