माधव नेपालको जोड– तीनै तहको चुनावमा गठबन्धन
भन्छन्– वैशाखमै निर्वाचनको सामना गर्न तयार, तर बैशाखमा हुँदैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी तीन वटै तहको निर्वाचनमा गठबन्धन कायम रहनुपर्नेमा जोड दिएका छन् ।
शनिबार काठमाडांैमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले स्थानीय तहदेखि संघीय निर्वाचनसम्म नै पाँच दलीय गठबन्धन कायम रहने दाबी गरे ।
पाँच दलीय गठबन्धनकै कारण सरकारदेखि राष्ट्रियसभा सम्म फाइदा लिएका नेता नेपालले गठबन्धन मिलेर निर्वाचनमा जाने दावी गरेका हुन् ।
तीन वटै तहको निर्वाचनमा गठबन्धनमा जोड दिँदै आएका नेता नेपालले आगामी वैशाखमै स्थानीय तहको निर्वाचन भएपनि सामना गर्न तयार रहेको बताए ।
आगामी वैशाखमा स्थानीय तहको निर्वाचन नहुने बताउँदै आएका एकीकृत समाजवादी अध्यक्ष नेपालको आलोचना भएपछि शनिवार आयोजित पार्टी निकट कर्मचारीहरुको कार्यक्रममा बैशाखमै स्थानीय तहको निर्वाचनको सामना गर्न आफूहरु तयार रहेको बताए ।
अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको दोहोर्याए ।
वैशाखमा निर्वाचन गरे पनि सामना गर्न तयार रहेको बताएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पुनः दोहोर्याएका छन् ।
उनले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गतेपछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावी समेत गरे ।
अध्यक्ष नेपालले काँग्रेस नेताहरु गठबन्धनमा आवद्ध दलहरुको सहमतीमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको जानकारी दिए ।
नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको पनि बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको उनले आरोप लगाए । तर एमाले अध्यक्ष ओलीको प्रयास सफल हुन नदिने उनको भनाइ थियो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया