बिहीबार, पुष १०, २०८२

जावा मोटरसाइकलको बीएस–सिक्स मोडल नेपालमा

मेरोन्यूज २०७८ माघ १५ गते २०:४५

काठमाडौं । जावा मोटरसाइकलको बीएस–सिक्स मोडल अब नेपाली बजारमा आएको छ ।

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. अन्तर्गत जावा मोटरसाइकलले देशभर आफ्नो डिलरसिप नेटवर्क मार्फत जावा र जावा ४२ को बीएस–सिक्स मोडलको वितरण र डेलिभरी सुरु गरेको छ ।

जावा मोटरसाइकल प्रेमीहरूले अब बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी दुवै मोडलका जावा बाइकहरु बुकिङ्ग गर्न सक्ने डिलरले जनाएको छ ।

जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको प्रयोग गरिएको छ । दुवै बाइकमा अब क्रस पोर्ट टेक्नोलोजी पनि समावेश गरिएको छ, जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथैकार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।

बिएस–फोर कन्फिगरेसन बराबरको पावर र टर्क उत्पादन गर्ने क्रस पोर्ट व्यवस्था भएको यो विश्वको पहिलो सिंगल सिलिन्डर इन्जिन भएकाले यसले ग्राहकहरूलाई त्यस्तै उत्कृष्ट राइडको अनुभव प्रदान गर्ने बताइएको छ ।

प्रतिक्रिया