वैशाखमै स्थानीय तहको निर्वाचन गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्ने गरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहँदा एमालेले वैशाखभित्र निर्वाचन हुनु पर्ने बताएको हो ।
भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार बसेको बैठकले नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरेको उल्लेख गर्दै समयमै निर्वाचन हुनु पर्ने ठहर गरेको हो ।
‘संविधानको धारा २१५ र २१६ ले गाउँरनगर पालिकाको अध्यक्षरप्रमुख, उपाध्यक्षरउपप्रमुख, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ,’ संयन्त्रका संयोजक भानुभक्त ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
बैठकले ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर-संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने मूल नाराका साथ सबै जनसंगठनले आआफ्नो तवरले आन्दोलन अगाडी बढाउने निर्णय बैठकले गरेको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया