ब्राजिलमा दैनिक संक्रमितको संख्या साढे दुई लाख बढी
काठमाडौँ । ब्राजिलमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या साढे दुई लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै ब्राजिलमा अहिलेसम्म कूल संक्रमितहरूको संख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रलायले जनाएको छ । ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो ।
मन्त्रालयका अनुसार कोरोनाका कारण ब्राजिलमा अहिलेसम्म ६ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ । ती मध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
कोरोनाका कारण धेरै मृत्यु भएका देशहरूमध्ये ब्राजिल दोस्रो क्रम संख्यामा पर्दछ । ब्राजिलमा भन्दा धेरै विश्वमै सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । तेस्रो धेरै मृत्यु भने भारतमा भएको देखिएको छ ।
















त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया