‘जेके’ को ओटीआर टायर नेपालमा

काठमाडौं । भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा भित्रिएको छ ।
नेपाली बजारमा डेल्टा डिष्ट्रिब्युटर्सले जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर उपलब्ध गराएको हो ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले आइतबार एक कार्यक्रमकाबीच जेकेको ओटीआर टायर सार्वजनिक गरेका छन् ।
नेपाली बजारमा विकास निर्माणमा प्रयोगका लागि प्रशस्तै हेभी इक्विपमेन्ट उपलब्ध भएका र त्यस्ता उपकरणका लागि उपयुक्त गुणस्तरका टायर आवश्यक रहेको श्रेष्ठले बताए ।
जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।
ग्राहकको माग अनुसार सबै मोडलका टायर उपलब्ध गराइने डेल्टा डिष्ट्रिब्युटर्सका म्यानेजिङ डाइरेक्टर विक्रम सिंघानियाले बताए । देशभर उपलब्ध डिलर नेटवर्कमार्फत बिक्री र बिक्रीपछिको सेवा समेत उपलब्ध गराइने उनले बताए ।
जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न सुरु गरेको थियो । हाल यसका भारतमा ९ र मेक्सिकोमा ३ गरी १२ प्लान्ट रहेका छन् । उक्त प्लान्टबाट वार्षिक रुपमा ३ करोड ५० लाख युनिट भन्दा बढी टायर उत्पादन हुने बताइएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया