बैकल्पिक परीक्षाको माग गर्दै सीटीईभिटीविरुद्ध प्रदर्शन

जनकपुरधाम । परीक्षा स्थगित गरिएको विरोधमा विद्यार्थीले दोस्रो दिन पनि जनकपुरधाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) विरुद्ध प्रदर्शन गरेका छन् ।
पटक–पटक परीक्षा स्थगित गरेर तीन वर्षको कोर्सलाई पाँच वर्षसम्म पु¥याउन लागेको भन्दै विद्यार्थीले आइतबार पनि विरोधप्रदर्शन गरेका हुन् । बढ्दै गएको कोरोना महामारी तथा परीक्षार्थीको संख्या पनि बढी भएकोले सीटीईभिटीले परीक्षा स्थगित गरेको थियो ।
कोरोना महामारीको कारण देखाउँदै परिषद्ले १५ मा तोकिएको बायोमेडिकलतर्फको प्रवेश परीक्षा स्थगित गरेको छ । त्यसैगरि परिषद्ले २२ माघमा प्रिडिप्लोमा तहको मौका परीक्षा र २७ माघमा वार्षिक प्रणाली र सेमेस्टर प्रणालीतर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषिलगायत विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा मौका परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण स्थगित गरेको छ ।
यता, विद्यार्थीले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने अथवा भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने, नभए आन्तरिक मूल्यांकनद्वारा नतिजा प्रकाशन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेको छ ।











थाइल्यान्ड–कम्बोडियाबीच युद्धविराम सम्झौतामा हस्ताक्षर
क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
सर्वपक्षीय बैठकपछि चुनावको माहोल बनेको छः सञ्चारमन्त्री खरेल
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया