बैकल्पिक परीक्षाको माग गर्दै सीटीईभिटीविरुद्ध प्रदर्शन

जनकपुरधाम । परीक्षा स्थगित गरिएको विरोधमा विद्यार्थीले दोस्रो दिन पनि जनकपुरधाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) विरुद्ध प्रदर्शन गरेका छन् ।
पटक–पटक परीक्षा स्थगित गरेर तीन वर्षको कोर्सलाई पाँच वर्षसम्म पु¥याउन लागेको भन्दै विद्यार्थीले आइतबार पनि विरोधप्रदर्शन गरेका हुन् । बढ्दै गएको कोरोना महामारी तथा परीक्षार्थीको संख्या पनि बढी भएकोले सीटीईभिटीले परीक्षा स्थगित गरेको थियो ।
कोरोना महामारीको कारण देखाउँदै परिषद्ले १५ मा तोकिएको बायोमेडिकलतर्फको प्रवेश परीक्षा स्थगित गरेको छ । त्यसैगरि परिषद्ले २२ माघमा प्रिडिप्लोमा तहको मौका परीक्षा र २७ माघमा वार्षिक प्रणाली र सेमेस्टर प्रणालीतर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषिलगायत विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा मौका परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण स्थगित गरेको छ ।
यता, विद्यार्थीले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने अथवा भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने, नभए आन्तरिक मूल्यांकनद्वारा नतिजा प्रकाशन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेको छ ।
















अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
त्रिविमा सुधारको सङ्केत : साउनदेखि शैक्षिक पात्रो नियमित हुने, सय दिनभित्रै नतिजा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया