आन्दोलनरत किसानहरुको माग पूरा गर्न मधेशी आयोगको आग्रह

काठमाडौं । मधेशी आयोगले केही समय यता तराई–मधेशका किसान आन्दोलनमा रहेको भन्दै उनीहरुको मागलाई सम्बोधन गर्न आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै मधेशी आयोगले बीउ मलसहितका सामाग्रीहरु समयमै उपलब्ध गराउन माग गर्दै आन्दोलन गरिरहेको भन्दै त्यसको व्यवस्थापन गरिदिन तीनै तहको सरकारलाई अपिल गरेको छ ।
त्यस्तै बेचिएको उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले सो समस्याको समाधान गरिदिन आयोगले सरकारसँग आग्रह गरेको छ ।
आयोगले किसानहरुको आन्दोलनमा बल प्रयोग गर्नु मानव अधिकारको उल्लंघन भएको भन्दै आन्दोलनरत पक्षलाई पनि शान्तिपूर्ण रुपमा आन्दोलन गर्न आग्रह गरेको छ ।
‘शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानव अधिकारको उल्लघन गर्नु हो । तसर्थ राज्य संयमित भई समाधानार्थ कार्य गर्नु पर्दछ । यसका साथै आन्दोलनकारी किसानहरु पनि आन्दोलनलाई शान्तिपूर्ण ढंगवाट नै अगाडी बढाउनु पर्ने आयोगको ठहर रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया