जेठ ५ भित्रै स्थानीय तहको चुनाव हुन्छ : प्रधानमन्त्री
स्थानीय निर्वाचनमा गठबन्धन गरेरै चुनाव लड्ने तयारी छ, त्यसै अनुसार तयारी थाल्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरुको आगामी जेठ ५ मा पदावधी सकिन लागेकाबेला सरकारले सथानीय तहको निर्वाचन मिति घोषणा नगरेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्रीले जेठ ५ भित्रै चुनाव हुने प्रतिवद्धता जनाएका हुन् ।
कांग्रेसको वागमती प्रदेशबाट निर्वाचित पदाधिकारीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले वर्तमान संविधान र ऐनमा संशोधन नगरी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारीमा सरकार जुटिसकेको बताएका हुन् ।
प्रधानमन्त्रीको भनाई उदधृत गदै कांग्रेसको बागमती प्रदेशका उपसभापति मोहनवहादुर बस्नेतले भने, स्थानीत तहको चुनावमा अन्यौलता छदै छैन, जेठ ५ भित्रै सरकार चुनाव गराउने तयारीमा जुटिसकेको छ । संविधान र ऐनको संशोधन नगरीकनै जेठ ५ भित्रै चुनाव हुन्छ । ढुक्क भए हुन्छ ।
प्रधानमन्त्रीले ऐन संशोनको काम झन्झटिलो भएकोले संसोधनतिर सरकार नलागेको पनि प्रष्टाएका थिए ।
‘ऐन संशोधन गर्न झन्झट छ, त्यसैले सकेसम्म ऐन संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्ने प्रयत्न भइरहेको छ, जेठको ५ गतेभित्रै स्थानीय तहको निर्वाचन हुन्छ, एकै चरणमा हुन्छ ।’
प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन दलहरूबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै चुनाव लड्ने तयारी भएको समेत बताएका थिए ।
सत्तागठबन्धन दलका वीचमा सायद गठबन्धन निर्माण भएरै चुनावमा गइन्छ होला, तपाईहरुले पनि त्यही अनुसारको तयारी थाल्नुस्, प्रधानमन्त्रीले भनेका थिए ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया