भीम रावलको बाबुरामलाई जवाफ: पीएचडी नक्कली सीमापारि हुन्छ, त्रिविमा हुन्न

काठमाडौं । एमाले नेता भीम रावलले आफ्नो पिएचडी नक्कली नभएको भन्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नै पीएचडी नक्कली हुन सक्ने जवाफ दिएका छन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयलाई लिएर भट्टराई–रावल आरोप प्रत्यारोप चलेको छ ।
रावलले बाबुराम प्रधानमन्त्री भएकै बेला कसैसँग सल्लाह नै नगरी एमसीसीसँग पत्राचार गरी टोली गठन गरेको दाबी गरेपछि बाबुरामले रावलको पीएचडी नक्कली भनी ब्यङग्य गरेका थिए ।
‘यी कणले पीएचडी गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुण्ड्याउँछन् । विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत, मिति, स्थान खुलाउनुपर्छ ।’, भीम रावललाई मेन्सन गर्दै बाबुरामले प्रश्न गरेका थिए, ‘उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’
त्यसको जवाफ दिँदै मंगलबार रावलले लेखेका छन्, ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो तर जानकारीसम्म गराइएन। एजम् नक्कली सीमापारि हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट एजम् कसैको नक्कली हुने चर्चा नै हुन्न ।’
बाबुरामले भारतको जवाहारलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।
















बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया