एमसीसी संसदमा पेश नगर्न किसान महासंघको आग्रह

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश नगर्न अखिल नेपाल किसान महासंघले आग्रह गरेको छ ।
महासंघ अध्यक्ष बलराम बास्कोटाले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौताले नेपालको सुरक्षा र राष्ट्रिय हितमा मात्र नभई दक्षिण एशिया र छिमेकी राष्ट्र समाजवादी चीनको समेत शान्ति सुव्यवस्थामा गम्भीर रुपमा आँच पुग्ने बताएका छन् ।
एमसीसी प्रस्ताव कथंकदाचित संसदमा पेश गरिएमा यसलाई असफल बनाउने सांसदहरुलाई महासंघले आग्रह गरेको छ ।
‘नेपालले पंचशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई अगालेको सन्दर्भमा नेपाल कुनै सैन्य गठबन्धनमा संलग्नता हुने छैन । तर एमसीसी अमेरिकाको इण्डोप्यासिफिक रणनीति (आइपीस) को अंगको रुपमा रहने अमेरिकी रक्षा मन्त्रालयले उल्लेख गरेबाट सैन्य गठबन्धनसँग सम्बद्ध विकास परियोजनामा नेपालको सहभागीता रहनु हँुदैन र यो नेपालको असंलग्न परराष्ट्रनीति विपरीत छ ।’–विज्ञप्तिमा भनिएको छ ।

















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया