शनिबार, माघ ३, २०८२

एमसीसी संसदमा पेश नगर्न किसान महासंघको आग्रह

मेरोन्यूज २०७८ माघ १८ गते १७:३८

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश नगर्न अखिल नेपाल किसान महासंघले आग्रह गरेको छ ।

महासंघ अध्यक्ष बलराम बास्कोटाले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौताले नेपालको सुरक्षा र राष्ट्रिय हितमा मात्र नभई दक्षिण एशिया र छिमेकी राष्ट्र समाजवादी चीनको समेत शान्ति सुव्यवस्थामा गम्भीर रुपमा आँच पुग्ने बताएका छन् ।

एमसीसी प्रस्ताव कथंकदाचित संसदमा पेश गरिएमा यसलाई असफल बनाउने सांसदहरुलाई महासंघले आग्रह गरेको छ ।

‘नेपालले पंचशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई अगालेको सन्दर्भमा नेपाल कुनै सैन्य गठबन्धनमा संलग्नता हुने छैन । तर एमसीसी अमेरिकाको इण्डोप्यासिफिक रणनीति (आइपीस) को अंगको रुपमा रहने अमेरिकी रक्षा मन्त्रालयले उल्लेख गरेबाट सैन्य गठबन्धनसँग सम्बद्ध विकास परियोजनामा नेपालको सहभागीता रहनु हँुदैन र यो नेपालको असंलग्न परराष्ट्रनीति विपरीत छ ।’–विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया