नेप्से परिसूचक १९.२९ अंकले बढ्यो

काठमाडौं । सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकम समेत वृद्धि भएको छ ।
मंगलबार नेप्से परिसूचक १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.९८ ले बढेको भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ ।
आज कारोबारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
त्यस्तै, नेप्से कारोबारमा १३ उपसमूह मध्ये ९ उपसमूहको सूचक बढेको छ भने बाँकी ४ उपसमूहको सूचकमा गिरावट आएको छ ।
मंगलबार अधिकांश हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । प्रायः सबै हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा जलविद्युत उपसमूहको सूचक ३.२२ प्रतिशतले बढेको छ ।
विकास बैंक उपसमूहको उपसूचक १.६१ प्रतिशत, फाइनान्स उपसमूहको उपसूचक १.४८ प्रतिशतले बढेको छ । अन्य बाँकी उपसमूहको उपसूचक एक प्रतिशत भन्दा कमले बढेको छ । आज सबै भन्दाबढी व्यापार उपसमूहको सूचक ०.५३ प्रतिशतले गिरावट आएको छ ।
मंगलबार विन लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभूमि हाइड्रोपावरको ९.९९ प्रतिशत, नेश्नल हाइड्रोपावरको ७.५० प्रतिशत र मैलुङ खोला जलविद्युतको ५.५२ प्रतिशतले बढेको छ । तर, नेरुडे लघुवित्तको ३.१७, माइक्रोफाइनान्सको २.२८, सिभिल लघुवित्तको २.१२ प्रतिशतले घटेको छ ।
आज कारोबारको आधारमा नेश्नल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अन्य अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख र अपि पावरको ३५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया