नेप्से परिसूचक १९.२९ अंकले बढ्यो

काठमाडौं । सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकम समेत वृद्धि भएको छ ।
मंगलबार नेप्से परिसूचक १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.९८ ले बढेको भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ ।
आज कारोबारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
त्यस्तै, नेप्से कारोबारमा १३ उपसमूह मध्ये ९ उपसमूहको सूचक बढेको छ भने बाँकी ४ उपसमूहको सूचकमा गिरावट आएको छ ।
मंगलबार अधिकांश हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । प्रायः सबै हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा जलविद्युत उपसमूहको सूचक ३.२२ प्रतिशतले बढेको छ ।
विकास बैंक उपसमूहको उपसूचक १.६१ प्रतिशत, फाइनान्स उपसमूहको उपसूचक १.४८ प्रतिशतले बढेको छ । अन्य बाँकी उपसमूहको उपसूचक एक प्रतिशत भन्दा कमले बढेको छ । आज सबै भन्दाबढी व्यापार उपसमूहको सूचक ०.५३ प्रतिशतले गिरावट आएको छ ।
मंगलबार विन लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभूमि हाइड्रोपावरको ९.९९ प्रतिशत, नेश्नल हाइड्रोपावरको ७.५० प्रतिशत र मैलुङ खोला जलविद्युतको ५.५२ प्रतिशतले बढेको छ । तर, नेरुडे लघुवित्तको ३.१७, माइक्रोफाइनान्सको २.२८, सिभिल लघुवित्तको २.१२ प्रतिशतले घटेको छ ।
आज कारोबारको आधारमा नेश्नल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अन्य अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख र अपि पावरको ३५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया