अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
मौरिससमाथि नेपालको लगातार दोस्रो जित
मैत्रीपूर्ण खेल बन्यो तनावपूर्ण, खेलाडीलाई जोगाउनै मुश्किल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले मौरिससविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित हात पारेको छ ।
मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १–० ले पराजित गरेको हो । नेपालका लागि सुजल श्रेष्ठले खेलको १० औं मिनेटमा गोल गरेका थिए ।
आशिष लामाले प्रहार गरेको बललाई पुजन उपरकोटीले प्रहार गरेका थिए । पुजनले प्रहार गरेको बल सुजनले जाली छिराएका थिए ।
खेलको १३ औं मिनेटमा मौसिससले पाएको पेनाल्टी किपर किरण चेम्जोङले रोकिदिए ।
खेलको १३ औं मिनेटमा मौरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल प्रहार गरेका थिए ।
नेपालका दिनेश राजवंशीले लिन्स्ले बर्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मौरिससले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफको खेल भने निकै तनावपूर्ण रह्यो । मंगलबारको खेलमा नेपाली टोली १० खेलाडीमा सिमित भएको थियो भने मौरिससका दुई खेलाडी रातो कार्ड पाएर मैदान बाहिरिएका थिए ।
एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए भने नेपालका पुजन उपरकोटीलाई पनि रातो कार्ड पाए ।
७८ औं मिनेटमा गौतम श्रेष्ठलाई फउल गरेर मौरिससका इम्यानुएलले रातो कार्ड पाएपछि मौरिसस नौ खेलाडीमा सीमित भएको थियो ।
दुई देशको मैत्रीपूर्ण खेलमा खेलाडीहरुमा भने मैत्रीभाव सून्य देखिएको थियो । दर्जन बढी फल खेलेका दुवै टिमका खेलाडीहरु नै आपस लड्न लागेपछि नेपालीको अफिसियल टिम मैदानमा छिरेर रोक्नु परेको थियो ।

















संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
अष्ट्रेलियाको तेल सुरक्षा रणनीति: घरेलु कारखाना अनुदानमा संशोधन
श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया