आइतबार, पुष १३, २०८२

रोयल्टी नबुझाउने क्यासिनो सन्चालकलाई सातदिने म्याद, नबुझाए कारवाही गरिने

मेरोन्यूज २०७८ माघ १९ गते ९:१५

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले क्यासिनो रोयल्टी तथा नवीकरण वापतको बाँकी बक्यौता नबुझाउने क्यासिनोहरुलाई सात दिनको म्याद दिएको छ । तीन क्यासिनोवाट ४६ करोड बक्यौता रकम उठाउन बाँकी छ ।

क्यासिनो सन्चालक ह्याप्पी आवर, रक इन्टरनेशनल र सेन्ट्रल मिडिया प्रालिलाई सात दिनभित्र बाँकी बक्यौता रकम बुझाउन विभागले अल्टिमेटम दिएको हो ।


ह्याप्पी आवरले २१ करोड ५५ लाख रुपैयाँ, रक इन्टरनेशनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ र सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी छ । यो रकम आर्थिक वर्ष २०७६/०७७ सम्मको हो ।

यी कम्पनीहरुलाई यसअघि २०७८ कात्तिक ७ गते ३५ दिने सूचना जारी गरी बक्यौता बुझाउन भनिएको थियो । त्यसपछि फेरि पुस २७ गते पत्र पठाएर १५ दिने म्याद दिइएको थियो ।

हालसम्म पनि बक्यौता रकम दाखिला नगरेपछि विभागले बुधबार सार्वजनिक सूचना जारी गरी सात दिनको म्याद दिएको हो ।

प्रतिक्रिया