शुक्रबार, माघ २, २०८२

३ किलो चरेशसहित एकजना पक्राउ

मेरोन्यूज २०७८ माघ १९ गते १२:५५


कैलाली । कञ्चनपुरमा ३ किलो चरेशसहित एकजना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका– ६ मौरीफाँटा बस्ने ३० वर्षीय रमेश लुहारलाई मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको घरबाट ३ किलो ६० ग्राम चरेश बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। लुहारमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया