जेठ ५ भित्रै स्थानीय निर्वाचन गर्नुपर्ने ओलीको अडान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्।
बुधबार भक्तपुरको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधनका क्रममा ओलीले जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने तर्क गर्दै जेठ ५ भित्रमै चुनाव गर्नुपर्ने बताएका छन्। उनले जेठ ५ भित्रै निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता सरकारले बुझ्नुपर्ने पनि तर्क गरेका छन्।
ओलीले गठबन्धन सरकारका दलका नेताहरुले २०७९ चैत्रमा निर्वाचन गर्ने भनेर अफवाह फैलाइरहेको पनि बताएका छन्। उनले सम्बोधनका क्रममा कोरोनाविरुद्धको २४ लाख खोप हराउनु सरकारको गम्भीर लापरबाही भएको टिप्पणी गरे।
‘ुकठिन मिहिनेतबाट आएको कोरोनाविरुद्धको खोप हरायो भन्नु गम्भीर विषय हो,’ उनले भने, ‘यस्ता लापरबाही अरु देशमा हुने हो भने सम्बन्धित मन्त्रीहरुले राजीनामा दिइसक्थे। तर हाम्रोमा छानबिन पनि हुँदैन।’
उनले सम्बोधनका क्रममा कोरोनाविरुद्धको २४ लाख खोप हराउनु सरकारको गम्भीर लापरबाही भएको टिप्पणी गरे।
















सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया