कार्कीले खोले बागबजारमा सुट्माला

काठमाडौँ । काठमाडौंको नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको लागि दोस्रो ब्राञ्च सुट्माला सुरु गरेको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठलाई सुट्मालाका सञ्चालक राज कार्कीले पुष्पगुच्छा प्रदान गरेर, खुसी साँटासाँट् गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो ।
सुट्मालाले बिभिन्न डिजाइनका आधुनिक सुट् र यससँग सम्बन्धित सबै प्रकारका आइटमहरु उपलब्ध गराउने सञ्चालक कार्कीले बताए ।
बागबजारको यस ब्राञ्चमार्फत नेपाली कपडा उत्पादनलाई पनि विशेष प्राथमिकता दिइने उनले बताए । जस अन्र्तगत अल्लोका उत्पादनलाई विशेष जोड दिईने उनी बताउँछन् ।
सुट्मालामा अनलाइनबाट पनि कपडा अर्डर गर्न सकिने र अर्डरका आधारमा काठमाडौँ उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि प्रदान गर्ने कार्कीले बताए ।
सुटमाला उदघाटन कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय सदस्य मिलन नेपाली, बाग्मति प्रदेश सदस्य महेश कायस्थका साथै कलाकार सुरज चापागाई ‘बान्द्रे’, सुबोध गौतम ‘एक्दुमे’, यादब देबकोटा ‘सरापे’, राजु कमेडी, सुरेश थापा ‘दर्शने’, दुर्गा विरही, कुमार कार्की, उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की लगायतको उपस्थिति रहेको थियो ।











आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
निर्वाचन ७० दिन बाँकीः निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया