मौरिससलाई जितेकोमा नेपाली टिमलाई मन्त्री गहतराजको बधाई

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई बधाई दिएका छन् ।
अफ्रिकी देश मौरिसससँगको मैत्रीपूर्ण खेलमा जित हासिल गरेको नेपाली टिमलाई मन्त्री गहतराजले बधाई दिएका हुन् । मन्त्री गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गरे ।
दशरथ रंगशालामा मंगलबार बेलुका र शनिवार भएको दुवै खेलमा नेपाल १–०ले विजयी भएको थियो ।
अफ्रिकन देशसँग पहिलो पटक भएका दुबै मैत्रीपूर्ण खेल हेर्न मन्त्री गहतराज स्वयं रंगशालामा उपस्थित भएका थिए ।
खेलकूदमन्त्री स्वयं उपस्थित मंगलबारको दोस्रो मैत्रीपूर्ण खेल भने निकै तनावपूर्ण बनेको थियो । खेलमा दुवै टिम खेल अनुशासन विपरित आपसमा जुध्न तम्सिएका थिए ।
खेलमा फउल गरेर आपसमा लड्न लागेपछि मौरिसका दुई खेलाडी र नेपालका एक खेलाडीले रातोकार्ड पाएका थिए ।
















बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया