पूर्व सांसद कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश
मेरोन्यूज
२०७८ माघ १९ गते १६:०५

काठमाडौं । नेकपा एमालेका पूर्व सांसद सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
कर्माचार्य २०५६ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी ०५६ देखि २०६६ सालसम्म एमाले सिन्धुपाल्चोक जिल्ला सचिवसमेत थिए ।
एमालेमा रहँदा माधव नेपाल समूहका भनी चिनिएका उनी पार्टी विभाजनपछि भने केपी ओली नेतृत्वको एमालेमै रहेका थिए ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टी प्रवेश गराएका हुन् ।
पार्टी विभाजनपछि पार्टी नेतृत्व सच्चिने विश्वास गरे पनि सच्चिने सम्भावना नदेखेपछि आफू समाजवादीतिर लागेको कर्माचार्यले बताए ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया