स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न एमालेको निर्देशन
भोलिसम्म स्थानीय निर्वाचनको मिति तोक्न अल्टिमेटम

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि बसेको एमालेको बैठकले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।
बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय गरेको छ ।
स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ ।
पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ ।
बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
भोलिसम्म स्थानीय निर्वाचनको मिति तोक्न एमालेको अल्टिमेटम
बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले विहीबारसम्म स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई अल्टिमेटम दिएको छ ।
बैठकले स्थानीय तहको निर्वाचन मिति विहीबार नतोके सरकारविरुद्ध केन्द्रसहित सातवटै प्रदेशमा दवाबमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
एमालेका जनवर्गिय संगठनहरुले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दबाब दिँदै आएका छन् ।
त्यस्तै, एमाले सचिवालय बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा क्रस भोटिङ गरेका प्रतिनिधिलाई कारबाही गर्न पनि प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
बैठकले पार्टी छाडेर अन्य पार्टीमा गएकाहरुलाई निश्कासन गरेको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया