मधेश प्रदेशसभामा रिक्त रहेका समितिको नेतृत्व चयन प्रक्रिया सुरु

जनकपुरधाम । मधेश प्रदेशसभामा लामो समयदेखि सभापति विहीन रहेका संसदीय समितिको सभापति चयनको लागि निर्वाचन प्रक्रिया सुरु गरिएको छ ।
प्रदेशसभा सचिवालयले सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयनका लागि मधेश प्रदेश सभा सचिवालयले पक्रिया सुरु गरेको हो ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ ।
प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५, को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ गते सोमवार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ ।
प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने व्यवस्था रहेको छ । तर, लामो समयदेखि सो समितिको सभापति पद रिक्त छ ।
तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपाबाट फाटमा सार्वजनिक लेखा समिति परेको थियो । तर, सभापति चयनको विषयमा तत्कालीन नेकपा सांसदद्वय सत्रुधन महतो र भारत साहबीच सभापतिलाई लिएर पार्टी नै दुई कित्तामा विभाजित भएपछि सभापति चयन हुन सकेन । त्यसपछि उक्त समितिको सभापति चयन हुन सकेका थिएन ।
अहिले प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी (लोसपा) रहेकोले संसदीय मर्म अनुसार लोसपाले नै उक्त समिति पाउनुपर्ने प्रावधान छ । लोसपाबाट अहिले उक्त समितिमा सांसद उपेन्द्र महतो, अभिराम शर्मा र प्रह्लाद गिरी सदस्य रहेका छन् ।
यस हिसाबले लोसपालाई उक्त समिति दिएको खण्डमा यी तीन जनाबाट एक जना सभापतिमा चयन हुने छन् । सत्तारुढ गठबन्धनले आफैसँग उक्त समिति राख्ने मनसाय बनाएको छ ।
सत्तारुढ दलले लोसपाले महिला बालबालिका तथा सामाजिक न्याय समिति छोडेपछि मात्रै लोसपालाई सार्वजनिक लेखा समिति दिन सकिने एक सांसदले बताए । प्राकृतिक श्रोत तथा वातावरण समितिका तत्कालीन सभापति नेकपाका रामचन्द्र मण्डलको पद गएपछि अहिले उक्त समिति सभापतिविहीन बनेको छ ।











जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु
रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन
हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’
कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
प्रतिक्रिया