मधेश प्रदेशसभामा रिक्त रहेका समितिको नेतृत्व चयन प्रक्रिया सुरु

जनकपुरधाम । मधेश प्रदेशसभामा लामो समयदेखि सभापति विहीन रहेका संसदीय समितिको सभापति चयनको लागि निर्वाचन प्रक्रिया सुरु गरिएको छ ।
प्रदेशसभा सचिवालयले सूचना जारी गरी सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयनका लागि मधेश प्रदेश सभा सचिवालयले पक्रिया सुरु गरेको हो ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ ।
प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५, को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ गते सोमवार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ ।
प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने व्यवस्था रहेको छ । तर, लामो समयदेखि सो समितिको सभापति पद रिक्त छ ।
तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपाबाट फाटमा सार्वजनिक लेखा समिति परेको थियो । तर, सभापति चयनको विषयमा तत्कालीन नेकपा सांसदद्वय सत्रुधन महतो र भारत साहबीच सभापतिलाई लिएर पार्टी नै दुई कित्तामा विभाजित भएपछि सभापति चयन हुन सकेन । त्यसपछि उक्त समितिको सभापति चयन हुन सकेका थिएन ।
अहिले प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी (लोसपा) रहेकोले संसदीय मर्म अनुसार लोसपाले नै उक्त समिति पाउनुपर्ने प्रावधान छ । लोसपाबाट अहिले उक्त समितिमा सांसद उपेन्द्र महतो, अभिराम शर्मा र प्रह्लाद गिरी सदस्य रहेका छन् ।
यस हिसाबले लोसपालाई उक्त समिति दिएको खण्डमा यी तीन जनाबाट एक जना सभापतिमा चयन हुने छन् । सत्तारुढ गठबन्धनले आफैसँग उक्त समिति राख्ने मनसाय बनाएको छ ।
सत्तारुढ दलले लोसपाले महिला बालबालिका तथा सामाजिक न्याय समिति छोडेपछि मात्रै लोसपालाई सार्वजनिक लेखा समिति दिन सकिने एक सांसदले बताए । प्राकृतिक श्रोत तथा वातावरण समितिका तत्कालीन सभापति नेकपाका रामचन्द्र मण्डलको पद गएपछि अहिले उक्त समिति सभापतिविहीन बनेको छ ।

















चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
प्रतिक्रिया