सोमबार, पुष १४, २०८२

वागमतीसहित ६ वटा प्रदेशमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आग्रह

मेरोन्यूज २०७८ माघ २० गते ६:३६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको औल्याएको छ । पश्चिमी वायू सक्रिय हुँदा वर्षा हुने सम्भावना देखिएको विभागले जनाएको हो

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

अन्य प्रदेशका पहाडी भूभागहरुका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा तथा वाग्मती प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्य देखिपूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका कारण चिसो बढ्ने र यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया